back
CTIZAN AD

सहयोगी महाविद्यालयमा स्नातक तहमा अध्ययनरत बुहारी र छोरीलाई निःशुल्क शिक्षा

वि.सं.२०७७ पुस २ बिहीवार

759 

shares

२ पौष, काठमाडौं । नगर क्षेत्रभरका बुहारीलाई स्नातक तहमा निःशुल्क शिक्षा दिँदै आएको सहयोगी बहुमुखी महाविद्यालयको भवन शिलान्यास गरिएको छ ।

गोकर्णेश्वर नगरपालिका–४ मा रहेको महाविद्यालयका नाममा भोगाधिकार रहेको २४ रोपनी जग्गामध्ये चार रोपनी दिइएपछि प्रारम्भिक सहयोग जुटाएर भवन शिलान्यास गरिएको हो ।

गत आर्थिक वर्षमा नगरपालिकाले छुट्याएको रु २० लाख र सांसद पूर्वाधार कोषबाट प्राप्त रु ५० लाख गरी रु ७० लाखको बोलपत्र गरी भवन शिलान्यास गरिएको महाविद्यालय सञ्चालक समितिका अध्यक्ष न्हुच्छेनारायण श्रेष्ठले राससलाई जानकारी दिए।

दुईतले आठकोठे भवन निर्माण गर्न रु १५ करोड सात लाख लागत अनुमान गरिएको छ । चालू आवमा पनि नगरपालिकाले रु ४० लाख बजेट विनियोजन गरेको छ । विसं २०६० मा स्थापित महाविद्यालयमा हाल १०८ विद्यार्थी अध्ययनरत छन् ।

त्रिभुवन विश्विद्यालयबाट सम्बन्धन प्राप्त महाविद्यालयमा अध्ययन गरिरहेका १९ बुहारीलाई निःशुल्क शिक्षा दिइएको छ । निःशुल्क शिक्षा दिन नगरपालिकाले समेत सहयोग गर्दै आएको छ । महाविद्यालयमा ४१ छात्रासमेत अध्ययन गरिरहेका छन् ।

कूल विद्यार्थीमध्ये महिलाको सङ्ख्या बढी रहेको महाविद्यालय प्रशासनले जनाएको छ । महाविद्यालयको भवन नभएकै कारण हाल व्यवस्थापन सङ्कायअन्तर्गत बिबिएसको मात्र कक्षा सञ्चालन गरिएको छ । भवन बनेपछि अन्य सङ्कायको समेत अध्यापन गराइने जनाइएको छ ।

भवन शिलान्यास गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पढाइ, बुझाइ र सिकाइ सीप सिक्न तथा कार्यान्वयन गर्न हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा सांसद कृष्णबहादुर राईले शिक्षा र स्वास्थ्य क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने बताउनुभयो । गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले आवश्यकतानुसार उच्च शिक्षामा पनि लगानी गरिरहेकाले आगामी दिनमा समेत बढाइने प्रतिबद्धता जनाए ।

नगर उपप्रमुख शान्ति नेपालले नगरपालिकाका तर्फबाट बुहारी एवं छोरी शिक्षालाई प्रोत्साहन गर्न गत वर्ष शैक्षिक सामग्री वितरण गरिएकोे जानकारी दिए ।महाविद्यालयले ‘गोकर्णेश्वर नगरपालिकाको प्रत्येक घर, अनिवार्य स्नातक’ नाराका साथ बुहारी एवं छोरीलाई उच्च शिक्षा हासिल गर्न प्रोत्साहन गर्दै आएको छ । रासस

वि.सं.२०७७ पुस २ बिहीवार १२:२० मा प्रकाशित

रास्वपा लुम्बिनीको सभापतिमा घिमिरे निर्वाचित

रास्वपा लुम्बिनीको सभापतिमा घिमिरे निर्वाचित

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम लुम्बिनी प्रदेश अधिवेशनबाट सभापति...

परराष्ट्रमन्त्री शिशिर खनाल चीन प्रस्थान

परराष्ट्रमन्त्री शिशिर खनाल चीन प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा...

सालदुममा निःशुल्क स्वास्थ्य शिविर, ३५० विद्यार्थी प्रत्यक्ष लाभान्वित

सालदुममा निःशुल्क स्वास्थ्य शिविर, ३५० विद्यार्थी प्रत्यक्ष लाभान्वित

धादिङ । नागार्जुन सिकाइ केन्द्र, सालदुमको आयोजनामा गङ्गाजमुना गाउँपालिका–४ स्थित सालदुममा...

परराष्ट्रमन्त्री खनाल चार दिवसीय भ्रमणमा चीन प्रस्थान

परराष्ट्रमन्त्री खनाल चार दिवसीय भ्रमणमा चीन प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

सुरुङ्गा (झापा) । मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको...