३ पुस, काठमाडौं । नेपाली शेफ सन्तोष शाह ‘बीबीसी मास्टर सेफ द प्रोफेसनल्स २०२०’ को उत्कृष्ट तीनमै सिमित रहे । बिहीबार प्रसारित ग्राण्ड फिनालेमा बेलायती सेफ एलेक्स वेबले उपाधि हात पारेका हुन् ।
फाइनल पछि प्रतिक्रिया दिदै उनले उपाधि हात पार्न नसकेपनि यस अघि धेरैका लागि अपरिचित रहदै आएको नेपाली परिकारलाई विश्वसामु चिनाउन सकेकोमा खुसि व्यक्ति गरे । नेपाली परिकार यति ठुलो स्टेजमा प्रतुत गर्न पाउनुनै नेपालीको जित भएको उनले बताए । उनले कोदोको खिर, यमोरी, पुरीलगायत नेपालकको हिमाल, पहाड र तराईमा बन्ने परिकारहरुको स्वाद निर्णायकहरुलाई चखाउदै अन्तिम तीनसम्मको यात्रा तए गरेका थिए ।
फाइनल तीनसम्माको यात्रामा विभिध नेपाली परिकार निर्णायकहरुलाई चखाएर उनीहरुको मन जित्न सफल भएका शाहले अन्तिम प्रतिस्पर्धामा भने सोचेजस्तो खाना पस्कन नसक्दा चुक्नु परेको बताए । ३२ जना प्रतियोगी सहभागी यो प्रतियोगिताको ग्राण्ड फिनालेमा पुग्नुलाई नै सन्तोष धेरै ठुलो उपलब्धि मान्छन् ।
वि.सं.२०७७ पुस ३ शुक्रवार १०:०३ मा प्रकाशित





























