३ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा आएको पछिल्लो विग्रह, संबैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्ने कु्रामा प्रधानमन्त्रीले गरेको आलटाल लगायतका विषयमा केन्द्रीत रहँदै १४ जिल्लाका नेकपा नेताहरु पेरिस डाँडामा भेला हुँदैछन् ।
सो भेलामा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता नेपाल माधब कुमार नेपाल, वरिष्ठ नेता भलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले सम्बोधन गर्ने बताइएको छ ।
नेकपा स्रोतका अनुसार प्रचण्ड माधव नेतृत्वको सो समुहले आयोजना गरेको भेलामा १४ जिल्लाबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरु, पार्टीका जिल्ला अध्यक्ष तथा सचिवहरुको उपस्थिति रहने बताइएको छ ।
दिउँसो १ बजेतिर हुने उक्त भेलामा नेकपाकै नाममा आधिकारीक रुपले भेला आयोजना गरिएको स्रोतले जनाएको छ । उता ओली पक्षले भने यस्ता भेलाहरु फाउन्डेशनका नाममा आयोजना गर्ने गरेको छ ।
वि.सं.२०७७ पुस ३ शुक्रवार ११:४९ मा प्रकाशित






























