back
CTIZAN AD

ब्रोकर कमिसन घटाउन अर्थमन्त्रीको निर्देशन

वि.सं.२०७७ पुस ३ शुक्रवार

660 

shares

३ पुष, काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ब्रोकर कमिसन घटाउन निर्देशन दिएका छन्।

अर्थ मन्त्रालयमा शुक्रबार आयोजित सम्बद्ध पक्षसँगको छलफलमा अर्थमन्त्री पौडेलले पूँजी बजारको विभिन्न पक्षलाई मध्यनजर राखी ब्रोकर कमिसन घटाउने तयारी गर्न र तत्काल कार्यान्वयनमा लैजान निर्देशन दिएका हुन्।

अर्थमन्त्री पौडेलले ब्रोकर कमिसन घटाउनका लागि बिलम्ब नगर्न र प्रो एक्टिभ भएर लाग्न आग्रह गर्दै पूँजीबजार बढ्न र विस्तार हुन गइरहेको सन्दर्भमा अहिलेका समस्या समाधान गर्न समयतालिका तयार बनाएर कार्यान्वयन गर्न पनि निर्देशन गरे ।

पौडेलले पूँजीबजारको विकासका लागि चालु वर्षको बजेटमा उल्लेखित कार्यहरु समयमा नै सम्पन्न गर्न निर्देशन दिए। उनले ऐन, नियममा सुधार गर्नुपर्ने भए त्यसको तयारी गर्न पनि निर्देशन दिए।

लगानीकर्ताहरुले ब्रोकर कमिसन घटाउन आग्रह गर्दै बजारको नियामक निकाय धितोपत्र बोर्डमा निवेदन दिएका थिए । बोर्डले पनि आश्वासन दिए पनि आलटाल गरेपछि लगानीकर्ताहरुले अर्थमन्त्रालयमै उजुरी गरेका थिए ।

बजारको नियामक धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाउन ढिलासुस्ती गरेपछि अर्थमन्त्री आफैंले तत्काल घटाउन निर्देशन दिएका हुन् ।

बैठकमा अर्थमन्त्रालयका सचिवद्वय शिशिरकुमार ढुङ्गाना, रामशरण पैडासैनी, आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठ, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख सहसचिव झक्कप्रसाद आचार्य, धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना, नेप्सेका अध्यक्ष लक्ष्मण न्यौपाने, प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद, सिडिएससीका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्य लगायतको उपस्थिति थियो ।

वि.सं.२०७७ पुस ३ शुक्रवार २१:३० मा प्रकाशित

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलका नेता रामबहादुर थापा...

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले...

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर । यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान...

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

गण्डकी । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१, पञ्चकन्या मन्दिर परिसरमा नवग्रह तथा...

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

किमाथाङ्का (सङ्खुवासभा) । मकालु गाउँपालिका–३ हेदाङ्नामा भन्सार छली ल्याएको रु...

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

कास्की । पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुमवासी तथा न्यून कमाइ...