back
CTIZAN AD

स्विटजरल्याण्डमा समलिङ्गी विवाहलाई मान्यता

वि.सं.२०७७ पुस ३ शुक्रवार

678 

shares

३ पुष । स्विजरल्याण्डले पनि समलिङ्गी विवाहलाई मान्यता दिनेगरी कानुन बनाएको छ ।

स्विजरल्याण्डको संसदले शुक्रबार समलिङ्गीहरूका बीचमा विवाह गर्न पाउने व्यवस्थासहितको नयाँ कानुन पारित गरेको हो ।

यो कानुन पारित भएसँगै यूरोपका धेरै देशहरू जस्तै सानो उच्च पर्वतीय देश स्विट्जरल्याण्ड पनि अब समलिङ्गी अधिकारसहितको देश बनेको छ ।

तर क्रिश्चियन, कट्टरपन्थी पार्टी फेडेरल डेमोक्रेटिक युनियन पार्टीले भने यसमा असहमति जनाउँदै सो कानुनमा पुनर्विचार गर्न तथा संशोधन गर्न माग गरेको छ । यसअघि सम्म युरोपका थोरै देशहरू मध्ये स्विजरल्याण्डमा पनि समलिङ्गी विवाह अबैध थियो ।

यो कानुन सन् २०१३ देखि विभिन्न चरणमा छलफल र विवाद हुदै आएर अहिले पारित भएको हो ।

समलिङ्गी विवाहसम्वन्धी कानुन पारित भएकोमा समलिङ्गीहरूले खुशी व्यक्त गरेका छन् । उनीहरूले यसलाई समलिङ्गी अधिकारको क्षेत्रमा ऐतिहासिक सफलताको संज्ञा पनि दिएका छन् ।

वि.सं.२०७७ पुस ३ शुक्रवार २१:०२ मा प्रकाशित

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बई ।   मुम्बईको व्यस्त फ्लाइओभरमुनि पुनः प्रयोग गरिएका ढुवानी कन्टेनरभित्र...

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

बेइजिङ । युक्रेन युद्धमा रुसलाई सहयोग गरेको आरोपमा चिनियाँ कम्पनीहरूलाई...

अमेरिकी आग्रहमा परमाणु हतियार कार्यक्रम नरोक्ने उत्तर कोरियाको भनाई

अमेरिकी आग्रहमा परमाणु हतियार कार्यक्रम नरोक्ने उत्तर कोरियाको भनाई

सियोल । उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रमलाई बलियो बनाउने...

क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, युद्धलाई थप चर्काउने संकेत

क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, युद्धलाई थप चर्काउने संकेत

तेहरान । इरानले शनिबार बहराइन र कुवेतमा क्षेप्यास्त्र प्रहार गरेको...

इरान-अमेरिका आक्रमण तीव्र

इरान-अमेरिका आक्रमण तीव्र

दुबई । इरान र संयुक्त राज्य अमेरिकाबीचको तनाव पुनः तीव्र...

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

इस्तानबुल । पश्चिमी टर्कीएमा आइतबार बिहान भएको पर्यटक बस दुर्घटनामा कम्तीमा...