back
CTIZAN AD

चीनले कोभिडविरुद्धको खोप सर्वसाधारणका लागि छिट्टै खुला गर्ने

वि.सं.२०७७ पुस ३ शुक्रवार

681 

shares

चीनले विकास गरेका विभिन्न पाँच कोरोनाभाइरसविरुद्धका खोपहरू परीक्षणको अन्तिम चरणमा रहेका छन् । अहिलेसम्म कुनै पनि खोप प्रयोगका लागि आधिकारिक स्वीकृति प्राप्त भएको छैन । खोपको अन्तिम चरणको परीक्षणको परिणाम प्रकाशित पनि अझै भइसकेको छैन ।

३ पुष, चीन । चीनले कोभिड–१९ विरुद्धको खोपलाई सर्वसाधारणको लागि आगामी केही हप्ताभित्र खुला गर्ने यहाँका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

चिनियाँ राज्य सञ्चालित समाचार संस्थाका अनुसार चीनले दक्षिणपश्चिमी सिचुआन प्रान्तमा सर्वसाधारणको लागि कोभिड खोप कार्यक्रम आगामी बर्षको सुरूमा सञ्चालन गर्ने योजना बनाएका छन् । यद्यपि केन्द्र सरकारले यसबारे अझै आधिकारिक स्वीकृति दिइसकेको भने छैन ।

चीनमा खोपको ‘आपतकालिन प्रयोग’ को लागि स्वीकृत भइसकेपछि कम्तिमा १० लाख नागरिकलाई खोप दिन तयारी अवस्थामा राखिएको भएपनि सुरुमा उच्च जोखिममा रहेका चिकित्सक, सुरक्षाकर्मी, कर्मचारी तथा अन्तर्राष्ट्रिय विद्यार्थीहरूका प्राथमिकता समूहहरूमा खोप सेवा सीमित राखिने छ ।

चीनले विकास गरेका विभिन्न पाँच कोरोनाभाइरसविरुद्धका खोपहरू परीक्षणको अन्तिम चरणमा रहेका छन् । अहिलेसम्म कुनै पनि खोप प्रयोगका लागि आधिकारिक स्वीकृति प्राप्त भएको छैन । खोपको अन्तिम चरणको परीक्षणको परिणाम प्रकाशित पनि अझै भइसकेको छैन ।

सिचुवानका प्रान्तीय स्वास्थ्य अधिकारीले सञ्चारमाध्यमसँगको कुराकानीमा सिचुवानमा चिनियाँ नयाँ वर्षको अवसरमा हुने लामो विदापछि फेब्रुवरीमा सर्वसाधारणको प्रयोगका लागि खुला गरिने सङ्केत गरे ।

बिहीबार अगावै करिब एक लाख १८ हजार मात्रा खोप सिचुवान आइपुगेको र सबै उच्च जोखिम समूहहरूलाई फेब्रुअरी ५ सम्ममा सबै उच्च जोखिममा रहेका समूहलाई खोप दिइसकिनेछ भने लगत्तै बाँकी जनसङ्ख्यामा खोप कार्यक्रम अघि बढाइने योजना रहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

चीनमा कोरोनाभाइरस गत वर्षको अन्तमा पहिलोपल्ट पत्ता लागेको थियो । चीनमा ठूलो मात्रामा नियन्त्रणमा ल्याइएको छ यद्यपि यहाँ पटक पटक स्वदेशभित्रै सङ्क्रमितहरूको श्रृंखला देखिएको थियो ।

सिचुआनलाई हालैको हप्ताहरूमा पनि कोभिड–१९का साना समूहहरू देखा परेका थिए । शुक्रबार पनि सिचुवानमा एक व्यक्तिलाई कोभिड–१९ भाइरस सङ्क्रमण भएको सरकारी तथ्याङ्कमा उल्लेख छ । एएफपी

वि.सं.२०७७ पुस ३ शुक्रवार २०:५२ मा प्रकाशित

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बई ।   मुम्बईको व्यस्त फ्लाइओभरमुनि पुनः प्रयोग गरिएका ढुवानी कन्टेनरभित्र...

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

बेइजिङ । युक्रेन युद्धमा रुसलाई सहयोग गरेको आरोपमा चिनियाँ कम्पनीहरूलाई...

अमेरिकी आग्रहमा परमाणु हतियार कार्यक्रम नरोक्ने उत्तर कोरियाको भनाई

अमेरिकी आग्रहमा परमाणु हतियार कार्यक्रम नरोक्ने उत्तर कोरियाको भनाई

सियोल । उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रमलाई बलियो बनाउने...

क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, युद्धलाई थप चर्काउने संकेत

क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, युद्धलाई थप चर्काउने संकेत

तेहरान । इरानले शनिबार बहराइन र कुवेतमा क्षेप्यास्त्र प्रहार गरेको...

इरान-अमेरिका आक्रमण तीव्र

इरान-अमेरिका आक्रमण तीव्र

दुबई । इरान र संयुक्त राज्य अमेरिकाबीचको तनाव पुनः तीव्र...