back
CTIZAN AD

काठमाडौँको मेयरकै भएन बीमा रकम भुक्तानी

वि.सं.२०७७ पुस ४ शनिवार

699 

shares

४ पुष, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यसहित १०० जनप्रतिनिधि र कर्मचारीलाई कोरोना भाइरस पोजेटिभ भई बीमा दाबी गरे पनि दुई महिना पुग्दासम्म रकम भुक्तानी हुनसकेको छैन ।

दुई महिनाअघि नै रकम भुक्तानीका लागि कागजातसहित बीमा संस्थानमा आवेदन दिएको भए पनि महानगरपालिकाका कसैको पनि बीमा गरेवापत पाउनुपर्ने रकम प्राप्त नभएको गुनासो छ । परीक्षणमा पोजेटिभ देखिएकामध्ये ४० जनाको बीमा दाबी भुक्तानी भएको छ भने अन्य ६० जनाको कागजात मिलाउने प्रक्रियामा रहेका महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए।

महानगरपालिकाले आफ्ना जनप्रतिनिधि, कर्मचारी र सामाजिक परिचालक गरी एक हजार ९८२ को गत जेठ तेस्रो साता बीमा गराएको थियो । जसमा जनप्रतिनिधि र सबै कर्मचारीको (स्थायी, अस्थायी, करार र सामाजिक परिचालक, पत्रकार÷सञ्चारकर्मी, स्वास्थ्यकर्मी, नगर प्रहरी) बीमा गराएको हो । महामारी नियन्त्रणको काम गर्दा उत्पन्न हुनसक्ने जोखिममा धेरै थोरै जति भए पनि क्षतिपूर्ति निश्चित गराउन र उक्त समयमा काम गर्नाका लागि उच्च मनोबल प्राप्त होस् भनी महानगरले सामूहकरूपमा बीमा गरिदिएको प्रवक्ता डङ्गोलको भनाइ छ ।

बीमा भएको समयमा गरिएको सम्झौताअनुसार आगामी वर्ष २०७८ जेठ २२ गतेभित्र बीमित व्यक्तिमा पिसिआर रिपोर्टमा पहिलोपटक पोजेटिभ देखिए महानगरको सिफारिसमा रु एक लाख प्राप्त हुनेछ । समयमा महानगरले प्रतिव्यक्ति रु ६०० शुल्क तिरेर एक वर्षका लागि बीमा गराएको हो ।

वि.सं.२०७७ पुस ४ शनिवार १८:१४ मा प्रकाशित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ। कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई...

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार...