back
CTIZAN AD

विद्यार्थी, शिक्षक र अभिभावकका लागि नि:शुल्क इन्टरनेट

वि.सं.२०७७ पुस ४ शनिवार

726 

shares

४ पुस, काठमाडौँ । शिक्षा मन्त्रालय र नेपाल टेलिकमको सयकार्यमा देशभरका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी, शिक्षक र विद्यार्थीका अभिभावकका लागि नि:शुल्क टेलिफोन र इन्टरनेट सेवा प्रदान गरिने भएको छ ।

उक्त सेवा प्राप्त गर्नको लागि ‘क्लोजर युजर ग्रुप’ बनाउन  पर्ने छ । ‘क्लोजर युजर ग्रुप’ भन्नाले पठनपाठनका लागि शिक्षक, विद्यार्थी र अभिभावकहरुलाई जोड्ने माध्यम हो । यसअघि यस किसिमको वैकल्पिक सिकायका कक्षा संचालनमा ल्याउदा  न्यूनतम शुल्क लाग्ने गरेकोमा मन्त्रालय र टेलिकमको सहकार्यमा नि:शुल्क टेलिफोन, म्यासेज र इन्टरनेट सेवा उपलब्ध गराउन लागेको हो ।

यसका लागि प्रत्येक कक्षा पिच्छे शिक्षक, विद्यार्थी र अभिभावकको समूह बनाएर नि:शुल्क रुपमा समूहभित्र जतिबेला पनि कुराकानी गर्न , म्यासेज पठाउन सकिने छ । प्रत्यक्ष कक्षा सञ्चालनमा नआउने बेला यो प्रणालीले शिक्षण सिकाइकामा सहजता ल्याउने मन्त्रालयको दाबी छ । ग्रुपमा उपलब्ध गरिएका व्यक्तिहरुका लागि प्रत्येक महिना पाँच जीबी डाटा नि:शुल्क उपलब्ध गराइने छ ।

यो सेवा प्राप्त गर्नको लागि विद्यार्थी, शिक्षक र अभिभावकले विद्यालयमा सम्पर्क गरि स्थानीय तहको सहयोगमा टेलिकमबाट आफ्नो सिमकार्डमा सेवा सुचारु गर्न सकिने छ । सिमकार्ड नभए विद्यार्थी, शिक्षक र अभिभावकका लागि यो योजना अन्तरगतनै नि:शुल्क सिमकार्ड लिने व्यवस्था समेत गरिएको छ ।

वि.सं.२०७७ पुस ४ शनिवार २०:१८ मा प्रकाशित

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...