back
CTIZAN AD

दिनभरको दौडधुपपछि राष्ट्रपतिलाई भेट्न ओली शितलनिवासमा

वि.सं.२०७७ पुस ४ शनिवार

681 

shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका छन् । उनी भण्डारीलाई भेट्न शनिबार साँझ शितल निवास पुगेका हुन् । राष्ट्रपति कार्यालयले जनाएअनुसार उनी साँझ साढे ५ बजे शीतल निवास पुगेका थिए ।

यसअघि ओली शनिबार बिहानैदेखि नेकपाका नेताहरुसँग भेटवार्ताका लागि जुटेका थिए । उनले बिहान अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उनकै निवास खुमलटारमा पुगेर भेटेका थिए भने त्यहाँबाट फर्किए लगत्तै उनले गृहमन्त्री रामबहादुर थापालाई मन्त्री क्वाटरमै पुगेर भेटेका थिए ।

पार्टी विवाद चर्किरहेको बेला उनले अर्का अध्यक्ष प्रचण्डसँग केहि प्रस्ताव राखेको बुझिएको छ । जनाइएअनुसार प्रचण्डलाई उनले पार्टी बैठकमा प्रस्तुत गरिएको राजनीतिक प्रस्ताव फिर्ता लिन र मिल्न आग्रह गरेका थिए ।

तर, छलफलमा प्रचण्डले ओलीको प्रस्तावलाई स्वीकार नगरेको बुझिएको छ । ओली स्वंयले पनि आफ्नो अडान दोहोर्याएको जानकारी प्राप्त भएको छ ।

दिनभरको छलफलपछि ओली र भण्डारीबीच साँझ भएको छलफललाई निकै अर्थपूर्णं रुपमा हेरिएको छ । जनाइएअनुसार दुईबीच पार्टीको आन्तरिक विवाद र अध्यादेश प्रकरणबारे छलफल भएको छ ।

सम्बन्धित समाचार

प्रचण्डसँग छलफल गर्न खुमलटारमा ओली

प्रचण्ड निवासको गेटमा ओली र नेपालबीच जम्काभेट

नेकपामा दौडधुप : ओली बाहिरिए लगत्तै माधव नेपाल खुमलटारमा

ओलीको दौडधुप : प्रचण्डलाई भेटेलगत्तै बादललाई भेट्न पुल्चोक

वि.सं.२०७७ पुस ४ शनिवार २०:०२ मा प्रकाशित

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...