मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आयस्रोत बढ्नेछ तर पछिका लागि केही वस्तु त्याग्नुपर्ला। अवसर मिले पनि तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ । मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्, सजग रहनुहोला। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । प्रयत्न गर्दा पछि फाइदा हुने काम प्रारम्भ हुनेछ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ ।
बृष- इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
नयाँ कामले नाम र दाम दिलाउनेछ । कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ । मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ । पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ । व्यवसायमा सोचेको प्रगति हुनेछ। कर्मयोगले मानसम्मान समेत दिलाउनेछ ।
मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह
पहिलेका समस्या दोहोरिनाले उत्साहमा कमी आउला । गोपनीयता बाहिरिनाले पनि समस्या पर्न सक्छ । सानातिना काममा अल्झनुपर्ला । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । पछि फाइदा हुने काम प्रारम्भ हुनेछ । शरीरमा कमजोरी अनुभूति हुनेछ । बिग्रिएको काममा दोहोर्याएर प्रयत्न गर्दा फाइदा उठाउन सकिनेछ । शुभचिन्तकहरूको साथ जुट्न सक्छ ।
कर्कट- हि, हु, हे, हो, डा, डि, डु, डे, डो
परिस्थितिवश चिताएको काममा बाधा पुग्नेछ । अरूका लागि रकम र बुद्धि खर्चनुपर्ला । आंशिक फाइदा भए पनि चिताएको काम पूरा गर्न समय लाग्नेछ । अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन् । समयअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ । केही बाध्यात्मक परिस्थितिले अलमल्याए पनि भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ ।
सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । परिवारजनको साथले नयाँ कामतर्फ आकर्षित भइनेछ । व्यवसायले रमाइलो यात्रा गराउनेछ । मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ भने विशेष उपहारले काममा उत्साह जगाउनेछ । अतिथिका रूपमा मानसम्मान प्राप्त हुनेछ । छोटो समयमा फाइदा उठाउन सकिनेछ ।
कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ । ईर्ष्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ । मिहिनेतले काममा सफलता दिलाउनेछ। समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ । दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ। प्रतिस्पर्धाको दौडमा समेत जित हासिल हुनेछ ।
तुला- र, रि, रु, रे, रो, ता, ति, तु, ते
परिस्थिति सोचेजस्तो नहुनाले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ । अवसर प्राप्त भए पनि मेसो नमिल्नाले पनि काममा ढिलासुस्ती हुन सक्छ । पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिए पनि गुरुजनको सुझाव र सहयोग लाभदायी बन्नेछ । व्यापारमा फाइदाको स्रोत पहिल्याउन सकिनेछ । बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने मिहिनेतले कार्य सम्पादन हुनेछ ।
बृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु
निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनुहोला । निर्णय लिएर पनि समयमा काम नगर्ने बानीले भने पछि परिनेछ । परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ । सानातिना काममा अलमलिनाले मुख्य काम रोकिन सक्छ । अरूको फाइदाका लागि उपयोग भइएला । तर आलस्य त्यागेर मिहिनेत गर्दा फाइदा उठाउन सकिनेछ ।
धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ । कर्मयोगले नयाँ मोड लिनेछ भने पुरुषार्थी काम सम्पादन गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन् ।
मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
बोलीको प्रभाव बढ्नेछ भने चिताएको काम सजिलै सम्पादन हुनेछ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । व्यापारमा पनि सामान्य फाइदै हुनेछ । सहयोगीहरूले हिम्मत दिलाउनेछन् । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । सुखद समाचारले उत्साह जगाउने छ ।
कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द
सुन्दर पहिरनले व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ । रमाइलो दिन छ । रचनात्मक काम प्रारम्भ गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । व्यापारमा राम्रो फाइदा हुनेछ । नयाँ साथीभाइ भेटिनेछन् । मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ ।
मीन -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ । अरूको विश्वास गर्दा धोका हुन सक्छ । अवसरका लागि निकै दौडधुप पनि गर्नुपर्ला। प्रयत्न गर्दा यात्राको प्रक्रिया अघि बढ्न सक्छ । छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला । फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला । व्यवसायमा आफ्नो मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन् ।
२०७७ पुस ५ गते, आइतवार, (२० डिसेम्बर २०२०)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४
आज (शनिबार) यस्तो छ तपाईको राशिफल, हेर्नुहोस् आज क-कसलाई छ त शुभ ?
वि.सं.२०७७ पुस ५ आइतवार ०७:४६ मा प्रकाशित




























