५ पौष, काठमाडौं । हरेक बर्ष फागुनमा हुने नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सब (निफ)को चौथो संस्करण तत्कालका लागि स्थगित गरिएको छ।
फागुन महिनाको १२ देखि १६ ,फेब्रुअरी २४ देखि २८,२०२१ सम्म काठमाडौंमा गर्ने भनी घोषणा गरिएको फेस्टिभल कोरोना महामारीका कारण निर्धारित मितिमा हुन नसक्ने भएकोलेआगामी बैशाख २३ देखी २७ सम्ममा हुने आयोजकले जनाएको हो। नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानकोआयोजनामा वर्षेनी हुँदै आएको फेस्टिभलको नयाँमिती तोकिएको आयोजक संस्थाकाअध्यक्ष केपी पाठकले विज्ञप्ति मार्फत जनाएका छन्।
आयोजकले पूर्वनिर्धारित मितिमा फेस्टिभल गर्ने गरी विश्वभरका फिल्ममेकरबाट फेस्टिभलमा सहभागिताका लागि आवेदन पनि खुला गरेको थियो । २०२० को जुलाई १ देखि नोभेम्बर ३०सम्म तोकिएको समया वधिमा ५२ देशका ४०० चलचित्रले सहभागिताको लागि आबेदन दिएका छन।यसरी प्राप्त फिल्म मध्येबाट छानिएका फिल्मको सूची फ्रेब्रुअरी २० सार्वजनिक गरिनेआयोजक संस्थाका अध्यक्ष केपी पाठकले जनाएका छन्।
‘महामारीका कारण फिल्म मेकर चाहेर पनि फेस्टि भलमा सहभागी हुन सक्नेअवस्था छैन । भर्चुअल रुपमा गर्ने विकल्प हामीलाई खास प्रभावकारी लागेको छैन ,’पाठकले भनेका छन्, ‘ केही समय कुर्दा पुरानै स्वरुपमा फेस्टिभल गर्न सकिन्छ भन्नेअपेक्षा सहित केही समयलाई स्थगित गर्ने निर्णय गरेका हौं।’ ‘विश्वका कथाहरु कोकथ्य उत्सव’भन्ने नाराका साथ ‘फिल्म संस्कृति’को विकास गर्ने उद्देश्य सहित सुरु भएको फेस्टिभल मा यो वर्ष महामारीको विषयमा बनेका फिल्मको विधाथप गरिएको छ । ‘बेस्टपान्डेमिक फिल्म’ नाम दिइएको यो विधामा विजेता फिल्मले ५ सय अमेरिकी डलर पुरस्कार प्राप्त गर्ने अध्यक्ष पाठकले जानकारी गराए ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी दुई भागमा बाँडेर प्रदान गरिनेअवार्डमाअन्तर्राष्ट्रिय प्रतिष्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर सहित गौतमबुद्धअवार्ड प्रदान गरिनेछ भने International Federation of film societies को जुरीको तर्फबाट IFFS Don Quijote Awardपनि प्रदान गरिनेछ ।यसै गरीअन्तर्राष्ट्रिय विधातर्फै सर्वोत्कृष्ट वृत्तचित्रलाई १ हजार डलर राशिको माउन्ट एभरेष्ट अर्वाड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ७५० डलर राशिको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघुचलचित्रलाई ५सयडलर राशिको वाग्मतीअर्वाड प्रदान गरिनेछ ।
साथै,नेपाली प्रतिष्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई रु१ लाख नगद, उत्कृष्ट सर्टफिल्मलाई रु ५० हजार नगद र सर्टफिल्म मध्ये बाट उत्कृष्ट फिल्म निर्देशकलाई ट्रफि प्रदान गरिनेछ । यो बाहेक फिचर फिल्म विधातर्फका उत्कृष्ट निर्देशक, लेखक, छायाँकार, अभिनेतार अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिनेछ।
वि.सं.२०७७ पुस ५ आइतवार १२:४३ मा प्रकाशित


























