back
CTIZAN AD

एमसिसिको ‘कु’ मा परेका महरा नेकपाको स्थायी समितिमा मनोनीत

वि.सं.२०७७ पुस ५ आइतवार

717 

shares

५ पुष, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आइतवार बसेको स्थायी समिति बैकले पूर्वसभामुख कृष्णबहादुर महरालाई स्थायी समितिमा मनोनित गर्ने निर्णय गरेको छ ।

तत्कालीन एमाओबादीको महासचिव भै सकेका र माओवादी केन्द्रको हेडक्वाटर सदस्य समेत रहेका महरा २०७४ पछिको प्रतिनिधिसभाको सभामुखमा निर्वाचित भएका थिए ।

अमेरीकी परीयोजना (एमसिसि)मा प्रधानमन्त्रीको रुचिलाई सहयोग नगरेको कारण तारोमा राखिएका (हेर्नुहोस प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कार्तिक २ गते कान्तिपुरमा दिएको अन्तरवार्ता ) महरालाई संसद सचिवालयकी एक कर्मचारीसँगको सम्बन्धलाई लिएर षड्यन्त्रमुलक ढंगले फसाइएको थियो ।

राजनैतिक दलहरुबिच समन्वय र सन्तुलनकारी संस्कृति सम्प्रेषण गर्ने उनी ब्यक्तिगत रुपमा ओलीसंग पनि चिढिने स्वभावका थिएनन् । तर संभावित राष्टघातको कहालिलाग्दो खड्गो टार्न उनले संसदमा छलफलको काम ढिला गराउदै आएका थिए । सभामुख नभएको स्थितिमा उनी नेकपाको सचिवालयमै पर्ने निश्चित थियो । उनलाई स्थायी समितिमा ल्याइएपछि नेकपाको ठुलो हिस्साले आंशिक न्याय पाएको प्रतिक्रिया सार्वजनिक गरेका छन् । एमसिसि पक्षधर ‘इण्डोवेस्ट’ गठबन्धन धेरै पहिलेदेखि नै नयां समिकरणको प्रयासमा रहि आएको थियो ।

वि.सं.२०७७ पुस ५ आइतवार २०:३२ मा प्रकाशित

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...