back
CTIZAN AD

किन ओरालो लाग्दैछ काठमाडौँ विश्वविद्यालयको साख?

वि.सं.२०७७ पुस ५ आइतवार

867 

shares

शिक्षाविद् डा. मनप्रसाद वाग्लेले काठमाडौँ विश्वविद्यालय अन्य विश्वविद्यालयको तुलनामा नकरात्मकता कम भएपनि विस्तारै विस्तारै यसको साख र गुणस्तर खस्कँदै गएको बताएका छन् । यो विश्वविद्यालय आजका मितिसम्म उच्च शिक्षामा गुणस्तरको पर्यायवाची मानिएपनि गएको एक दशकबाट ओरालो लाग्दै गएको उनको अनुभव छ ।

काठमाडौँ विश्वविद्यालय किन ओरालो लाग्दै गैरहेको छ त भन्ने बारे उनले १० रोगको पहिचान गरेका छन् । आउँदा दिनमा यी रोगबाट काठमाडौँ विश्वविद्यालयले मुक्ति पाओस् भन्ने शुभेच्छासमेत उनले व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन् :
काठमाडौँ विश्वविद्यालयको चर्चा अरू विश्वविद्यालयको तुलनामा किन कम नकारात्मक हुन्छ ? किनभने यो विश्वविद्यालय आजका मितिसम्म उच्च शिक्षामा गुणस्तरको पर्यायवाची मानिन्छ । तर विडम्बना, गएको एक दशकमा विस्तारै ओह्रालो लाग्न थालेको यसको साख र गुणस्तरले शिक्षामा चासो राख्ने सवैको मनमा अहिले एक प्रकारको डरले डेरा जमाउन लागेको देखिन्छ । यस विश्वविद्यालयमा प्रवेश गर्न चाहने थुप्रै विद्यार्थी र तिनका अभिभावक पहिलाको जस्तो आश्वस्त देखिंदैनन्आखिर किन त ?

१) काठमाडौँ विश्वविद्यालयका डीन भनेका उपकुलपतिका खल्तीका यस म्यान हुन् । यिनीहरूको हैसियत अरू विश्वविद्यालयको क्याम्पस प्रमुख जत्तिको पनि छैन । आफ्नो पद लोलुपताले गर्दा ती खप्छन् तर बोल्दैनन् । स्वायत्तताको अभावमा यिनले काममा प्रगति गर्न सकेका छैनन् ।

२) काठमाडौँ विश्वविद्यालयका प्राध्यापक रैती हुन् प्राध्यापक होइनन् । किनभने तिनले आफ्ना समस्या उठान गरे ठेगान लगाइन्छन् भन्ने त्रास छ ।

३) काठमाडौँ विश्वविद्यालय अहिले पनि त्यहाँको बोर्ड अफ ट्रस्टीज भनिने पूर्व उपकुलपति, रजिस्ट्रार र तिनले चाहेका व्यक्तिको पकडमा छ जसले गर्दा उपकुलपति त्यसका गुलाम भएका छन् । तर उक्त बोर्ड कानूनी रूपमा अवैध छ र विश्वमा गठन भएका बोर्ड अफ ट्रस्टीज भन्दा नितान्त फरक, व्यक्तिगत स्वार्थ र सुविधामा रुमल्लिरहेको छ ।

४) सन् १९९१ मा गठन हुँदाको यसको सुक्ष्म स्वरूप अहिले झांगिएर निकै ठुलो भैसकेको छ तर कार्य विकेन्द्रीकरणको अभावमा यसको प्रभावकारिता खुम्चंदै गैरहेको छ । केन्द्रीकरणबाट प्रभावकारितामा ह्रास आएको छ ।

५) समयमा विज्ञापन नहुनाले वर्षौं देखि करारमा काम गर्ने प्राध्यापक र कर्मचारी निरास हुँदै गएका छन् । तर आफ्ना भनेर चिनिएका भने कुनै स्कुलमा नियुक्त भएको एक वर्ष नबित्दै स्थायी बन्ने र ३ वर्ष काम नगर्दै पदोन्नती हुने डरलाग्दो परम्परा बसेको छ ।

६) काठमाडौँ विश्वविद्यालयमा डीन हुन प्राध्यापक हुनुपर्छ र त्यसैले प्राध्यापकका लागि नियमावलीमा भएको व्यवस्था कुल्चेर रातारात प्राध्यापक बनाउने र डीनमा नियुक्त गर्ने प्रथाले निरन्तरता पाएको छ ।

७) यसका ७ वटा स्कुलका क्रियाकलाप कुनैको पनि अनुगमन र मूल्यांकनको व्यवस्था नभएकै कारण यसको साइज ठुलो हुँदै जाँदा गुणस्तरमा ह्रास आउन थालेको छ ।

८) व्यक्तिगत इर्ष्याकै कारण कतिपय डीन र प्राध्यापकलाई असम्मानजनक तरिकाले हटाउने परम्पराले निरन्तरता पाएको छ ।

९) विश्वविद्यालय सार्वजनिक हो तर व्यवस्थापन निजी प्रकृतिको भएकोले नेतृत्वमा बस्नेहरूमा ूहामीले जे गरे पनि हुन्छू भन्ने भावनाको विकास भएको छ ।

१०) आफैं कमाई गर्ने विश्वविद्यालय भएकोले विश्वविद्यालय अनुदान आयोग र सरकारी नीति नियम नमाने पनि यसले छुट पाइरहेको छ । जसको प्रत्यक्ष उदाहरण चिकित्सा शिक्षामा बढी देख्न सकिन्छ ।

आउँदा दिनमा यी रोगबाट काठमाडौँ विश्वविद्यालयले मुक्ति पाओस् र यसको गुणस्तर पूर्ववत फर्कियोस् भन्ने शुभकामना छ । जसको लागि प्रशासन र व्यवस्थापनमा निकै फड्को मार्ने गरी मेहनत गर्नुपर्ने आवश्यकता छ ।

वि.सं.२०७७ पुस ५ आइतवार १९:०६ मा प्रकाशित

नेपालमा घाँसको हेलेज प्रविधि, सम्भाव्यता

नेपालमा घाँसको हेलेज प्रविधि, सम्भाव्यता

 हेलेजको परिचय, महत्त्व तथा नेपालमा नयाँ प्रविधि हेलेज (Haylage) भन्नाले...

अमरसिंह थापाको एकीकृत सैन्य रणनीति

अमरसिंह थापाको एकीकृत सैन्य रणनीति

नेपाल एकीकरण अभियान र नेपाल–अंग्र्रेज युद्ध (१८१४–१८१६) का प्रमुख नायक...

“खत्तम छ” भन्ने भाष्यबाट ‘के गर्न सक्छौं ?’

“खत्तम छ” भन्ने भाष्यबाट ‘के गर्न सक्छौं ?’

हामी भेट हुँदा प्रायः सोध्छौंः “के छ खबर ?” उत्तर...

नेपाली वाम आन्दोलनमाथि प्रश्न- वर्गीय पक्षधरता कि देखावटी क्रान्तिकारिता ?

नेपाली वाम आन्दोलनमाथि प्रश्न- वर्गीय पक्षधरता कि देखावटी क्रान्तिकारिता ?

सलाम रोल्पामा ऋषिराज बरालले झिंगाको प्रसंग धेरै ठाउँमा उल्लेख गरेका...

पेसा फेरियो, दलन फेरिएन

पेसा फेरियो, दलन फेरिएन

काठमाडौँ । नेपालमा समाजिक विभेदको इतिहास विडम्बनापूर्ण छ । जुन...

सांसद तामाङको खाली खुट्टा ‘आस्था’ कि ‘स्टन्ट’ ?

सांसद तामाङको खाली खुट्टा ‘आस्था’ कि ‘स्टन्ट’ ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की संघीय सांसद आशिका तामाङ प्रत्येक...