back
CTIZAN AD

संसद विघटनविरुद्व परेका रिटमाथि सर्वोच्चमा सुनुवाई सुरु, के होला निर्णय ?

वि.सं.२०७७ पुस ८ बुधवार

732 

shares

पुस ८, काठमाडौं । संसद विघटनविरुद्व सर्वोच्च अदालतमा परेका रिटमाथि सुनुवाई सुरु भएको छ ।

संसद विघटनविरुद्व सर्वोच्च अदालतमा परेका १२ रिट निवेदनको सुनुवाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलाशममा परेका छन् । जसमध्ये तीनवटा रिटमाथि सुनुवाई सुरु भएको सर्वोच्चले जनाएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध कञ्चनकृष्ण न्यौपाने, अमृत खरेल, लोकेन्द्र ओली, ज्ञानेन्द्रराज आरण, शालिकराम सापकोटा, कलमबहादुर खत्री, मनिराम उपाध्याय, दिनेश त्रिपाठी, अमिता गौतम पौडेल, दिपक राई, तलुसी सिंखडा र नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङसमेतले राष्ट्रपति कार्यालयसहितलाई विपक्षी बनाउँदै रिट निवेदन दिएका थिए। जसमध्ये कञ्चनकृष्ण न्यौपाने, अमृत खरेल र अधिवक्ता लोकेन्द्र ओलीलगायतले दर्ता गरेको रिटमाथि सुनुवाई सुरु भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ संघीय संसद विघटन गरि आगामी वैशाख १७ र २७ मा मध्यावधि निर्वाचन गर्न गरेको प्रस्तावलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरेकी थिइन् । उक्त निर्णय असंवैधानिक भएको दाबीसहित सर्वोच्चमा दर्जन रिट परेका थिए ।

वि.सं.२०७७ पुस ८ बुधवार १३:०७ मा प्रकाशित

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

अदानचुली (हुम्ला) । हुम्लाको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँमा गएराति खसेको...

आइसीसी विश्वकप क्रिकेट लिग–२ : टस जितेर ब्याटिङ गर्दै स्कटल्यान्ड

आइसीसी विश्वकप क्रिकेट लिग–२ : टस जितेर ब्याटिङ गर्दै स्कटल्यान्ड

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग–२ मा अमेरिकाविरुद्धको खेलमा स्कटल्यान्डले...

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

वीरगञ्ज (पर्सा) । पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा...

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

म्याग्दी । म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...