८ पुस, काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको संसद विघटनको कदमविरुद्ध तीन चरणमा आन्दोलन गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले गरेको निर्णय अनुसार बुधबार देशैभरीका सबै जिल्लाका सदरमुकाममा प्रधानमन्त्रीको पुत्ला दहन गर्ने, ११ गते सबै जिल्लाका सदरमुकाममा मशाल जुलुर गर्ने र १२ गते काठमाडौं उपत्यकामा केन्द्रीयत जनपदर्शन गर्ने निर्णय गरेको बताइएको छ ।
यस्तो छ मंगलबार बसेको बैठकको निर्णय

वि.सं.२०७७ पुस ८ बुधवार १३:१२ मा प्रकाशित






























