back
CTIZAN AD

संसद विघटनविरुद्वको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश, मुद्दा संवैधानिक इजलाशमा

वि.सं.२०७७ पुस ८ बुधवार

750 

shares

पुस ८, काठमाडौं । संसद विघटनविरुद्व परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । बुधबार संसद विघटनविरुद्व परेका रिटमाथि सुनुवाई गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको इजलाशले संवैधानिक इजलाशमा पठाउने आदेश गरेको हो ।

संसद विघटनविरुद्व सर्वोच्चमा १२ वटा रिट परेका छन् । इजलासले सबै रिटहरु संवैधानिक इजलासबाट सुनुवाई गर्ने गरि पठाउन आदेश दिएको हो ।

सबै रिटमाथिको बहस शुक्रबार गठन हुने संवैधानिक इजलाशमा हुनेछ ।

संवैधानिक इजलाशमा प्रधानन्यायाधीश राणासहित अन्य चार न्यायाधीश हुनेछन् । राणाले छानेका न्यायाधीशबाट सुनुवाई हुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ संघीय संसद विघटन गरि आगामी वैशाख १७ र २७ मा मध्यावधि निर्वाचन गर्न गरेको प्रस्तावलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरेकी थिइन् । उक्त निर्णय असंवैधानिक भएको दाबीसहित सर्वोच्चमा दर्जन रिट परेका थिए ।

संसद विघटनविरुद्व कञ्चनकृष्ण न्यौपाने, अमृत खरेल, लोकेन्द्र ओली, ज्ञानेन्द्रराज आरण, शालिकराम सापकोटा, कलमबहादुर खत्री, मनिराम उपाध्याय, दिनेश त्रिपाठी, अमिता गौतम पौडेल, दिपक राई, तलुसी सिंखडा र नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङसमेतले राष्ट्रपति कार्यालयसहितलाई विपक्षी बनाउँदै रिट निवेदन दिएका थिए।

सम्बन्धित समाचार

संसद विघटनविरुद्व परेका रिटमाथि सर्वोच्चमा सुनुवाई सुरु, के होला निर्णय ?

वि.सं.२०७७ पुस ८ बुधवार १४:०२ मा प्रकाशित

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

अदानचुली (हुम्ला) । हुम्लाको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँमा गएराति खसेको...

आइसीसी विश्वकप क्रिकेट लिग–२ : टस जितेर ब्याटिङ गर्दै स्कटल्यान्ड

आइसीसी विश्वकप क्रिकेट लिग–२ : टस जितेर ब्याटिङ गर्दै स्कटल्यान्ड

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग–२ मा अमेरिकाविरुद्धको खेलमा स्कटल्यान्डले...

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

वीरगञ्ज (पर्सा) । पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा...

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

म्याग्दी । म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकामा यसवर्ष पनि शून्य...