back

संसद विघटनविरुद्वको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश, मुद्दा संवैधानिक इजलाशमा

वि.सं.२०७७ पुस ८ बुधवार

180 

shares
RBB AD
NTC AD

पुस ८, काठमाडौं । संसद विघटनविरुद्व परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । बुधबार संसद विघटनविरुद्व परेका रिटमाथि सुनुवाई गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको इजलाशले संवैधानिक इजलाशमा पठाउने आदेश गरेको हो ।

संसद विघटनविरुद्व सर्वोच्चमा १२ वटा रिट परेका छन् । इजलासले सबै रिटहरु संवैधानिक इजलासबाट सुनुवाई गर्ने गरि पठाउन आदेश दिएको हो ।

सबै रिटमाथिको बहस शुक्रबार गठन हुने संवैधानिक इजलाशमा हुनेछ ।

संवैधानिक इजलाशमा प्रधानन्यायाधीश राणासहित अन्य चार न्यायाधीश हुनेछन् । राणाले छानेका न्यायाधीशबाट सुनुवाई हुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ संघीय संसद विघटन गरि आगामी वैशाख १७ र २७ मा मध्यावधि निर्वाचन गर्न गरेको प्रस्तावलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरेकी थिइन् । उक्त निर्णय असंवैधानिक भएको दाबीसहित सर्वोच्चमा दर्जन रिट परेका थिए ।

संसद विघटनविरुद्व कञ्चनकृष्ण न्यौपाने, अमृत खरेल, लोकेन्द्र ओली, ज्ञानेन्द्रराज आरण, शालिकराम सापकोटा, कलमबहादुर खत्री, मनिराम उपाध्याय, दिनेश त्रिपाठी, अमिता गौतम पौडेल, दिपक राई, तलुसी सिंखडा र नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङसमेतले राष्ट्रपति कार्यालयसहितलाई विपक्षी बनाउँदै रिट निवेदन दिएका थिए।

सम्बन्धित समाचार

संसद विघटनविरुद्व परेका रिटमाथि सर्वोच्चमा सुनुवाई सुरु, के होला निर्णय ?

वि.सं.२०७७ पुस ८ बुधवार १४:०२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
भन्सार छलीका खाद्य तथा दैनिक उपभोग्य सामान बरामद

भन्सार छलीका खाद्य तथा दैनिक उपभोग्य सामान बरामद

महेन्द्रनगर (कञ्चनपुर) । दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी...

नारायणगढ–बुटवल सडकखण्ड पाँच वर्षमा पचास प्रतिशत काम पूरा

नारायणगढ–बुटवल सडकखण्ड पाँच वर्षमा पचास प्रतिशत काम पूरा

नवलपुर (नवलपरासी) । विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डमा...

संसारभरीका नेपालीभाषीलाई नेपालसँग जोड्न उपपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संसारभरीका नेपालीभाषीलाई नेपालसँग जोड्न उपपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विश्वका विभिन्न मुलुकमा...

किर्गीस्तानमा आकर्षक रोजगारीका नाममा नेपाली ठगिएकोमा दूतावासले गरायो सजग

किर्गीस्तानमा आकर्षक रोजगारीका नाममा नेपाली ठगिएकोमा दूतावासले गरायो सजग

काठमाडौँ । पाकिस्तानको  इस्लामावादमा रहेको नेपाली राजदूतावासले किर्गीस्तानमा आकर्षक रोजगारीको...

काभ्रेमा बनबाट बस्तिमा फैलिएको आगोले पन्ध्र घर जलेर नष्ट

काभ्रेमा बनबाट बस्तिमा फैलिएको आगोले पन्ध्र घर जलेर नष्ट

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं ४ सानोपोटा...

रारा क्षेत्रमा रिसोर्ट निर्माण हुनु सुखद भएको भन्दै प्रधानमन्त्रीद्वारा खुसी व्यक्त

रारा क्षेत्रमा रिसोर्ट निर्माण हुनु सुखद भएको भन्दै प्रधानमन्त्रीद्वारा खुसी व्यक्त

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका क्रममा...