back
CTIZAN AD

नुवाकोट सिडियोद्वारा अर्को उदाहरणीय काम

वि.सं.२०७७ पुस ९ बिहीवार

795 

shares

९ पुष, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय नुवाकोटले अर्को उदाहरणीय काम गरेको छ ।

नागरिकलाई छिटो र छरितो सेवा दिने क्रममा कार्यालयमा डिजिटल टोकन प्रणाली जडान गरेको हो। आज विहान ९ः४५ बजे देखिबाट टोकन प्रणाली मार्फत सेवा वितरण गर्न सुरु गरिने बताइएको छ ।

एन.आई. सी. एसिया बैंकको Public Private Partnership अन्तर्गत कार्यालयमा उच्च चाप हुने शाखाहरूमा,
नागरिकता शाखाको कामका लागि (CITIZENSHIP), राहदानी शाखाको कामका लागि (PASSPORT) र
राष्ट्रिय परिचयपत्र शाखाको कामका लागि (NATIONAL ID) ट्याबमार्फत टोकन वितरण गरेर पालो व्यवस्थापन हुने व्यवस्था गरिएको सिडियो कार्यालयले जनाएको छ।

कार्यालयको मुख्य प्रवेशद्वार नजिकैको प्रशासकीय अधिकृतको कार्यकक्ष कोठा नं १०१ को बाहिरपट्टि टोकन लिएर सेवाग्राहीहरूले आवाज मार्फत आफ्नो टोकन नं को पालो आएपछि सम्बन्धित शाखामा सम्पर्क राख्न सक्ने छन् ।

सेवाग्राहीलाई निम्न शाखाका लागि निम्न काउण्टर नं ख्याल गर्न भनिएको छ । काउण्टर नं ३ : नागरिकता शाखा कोठा नं १०३, काउण्टर नं ४ : राहदानी शाखा कोठा नं १०४ र काउण्टर नं १० : राष्ट्रिय परिचयपत्र शाखा कोठा नं ११० मा सम्पर्क गर्न भनिएको छ ।

कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरुलाई  निम्न कुरामा सचेत रहन आग्रह गरिएको छ ।
‌- आफ्नो काम परेको शाखाको मात्र टोकन लिने।
– ‌टोकन लिएपछि आफ्नो काम परेको शाखाको काउण्टर नं र आफ्नो टोकन नं ख्याल गर्ने।
– ‌सेवा लिन लाइन वा भीडभाडमा नबसी कार्यालय परिसरमा सेवाग्राही प्रतिक्षालयमा शान्तिपूर्वक बस्ने, केहि कागजात वा फोटोकपी गर्न बाँकी भए पूरा गर्ने।
– ‌आफ्नो पालो आएपछि सक्कल र नक्कल पूरा कागजात सहित सम्बन्धित व्यक्तिमात्र सम्बन्धित शाखामा सम्पर्क राख्ने।
‌टोकन दिएर सेवा लिने।
– ‌प्राप्त गरेको कागजातआदि रुजु गरी व्यहोरा ठीक भएको एकिन गरी सेवा लिने। केहि त्रुटी भएमा तुरुन्त सोही शाखामा सम्पर्क गर्ने।

टोकन प्रणाली मार्फत सेवा प्रवाह भएपछि सेवा प्रवाहको पद्दति अझ विकसित हुने, सेवाग्राहीमा कोरोना वा यस्तै संक्रमणको जोखिम कम हुने र सेवा प्रवाह थप अनुशासित व्यवहारका रूपमा विकसित हुने भनिएको छ।

त्यस्तै सेवा प्रवाह गर्ने क्रममा भीडभाड र होहल्लामा नियन्त्रण हुँदा सेवाग्राही र सेवाप्रदायकबीच प्रत्यक्ष सम्पर्क हुने, त्रुटीमा कमी आउने र सेवाको प्रभावकारिता वृद्दि हुने र प्रविधिको प्रयोगले सेवाप्रवाहमा विश्वासनियता अभिवृद्दि गर्ने विश्वास कार्यालयले गरेको छ।

मोडेल प्रशासकका रुपमा देखिएका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालको निरन्तर सुधारको पछिल्लो उदाहरणका क्रममा जिल्ला प्रशासन कार्यालय नुवाकोट थप प्रविधीमैत्री बनेको हो ।

वि.सं.२०७७ पुस ९ बिहीवार ०९:१६ मा प्रकाशित

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

मध्यविन्दु (नवलपरासी । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर...

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

कास्की । पृथ्वीराजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती...

मुग्लिन–मलेखु सडक खण्डका यी चार पुल सञ्चालनको तयारी

मुग्लिन–मलेखु सडक खण्डका यी चार पुल सञ्चालनको तयारी

चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको मुग्लिङ–मलेखु सडकखण्डका चार पुल अगामी...

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी चापीय रेखा...

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलका नेता रामबहादुर थापा...

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले...