back
CTIZAN AD

प्रभावकारी बन्दै ट्राफिक ‘भर्चुअल कक्षा’

वि.सं.२०७७ पुस १० शुक्रवार

771 

shares

१० पुष । ट्राफिक प्रहरीले सञ्चालन गरेको भर्चुअल कक्षा प्रभावकारी बन्दै गएको छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसका कारण नेपाल सरकारले गरेको बन्दाबन्दीपछि रोकिएको कक्षा ‘भर्चुअल’मार्फत सञ्चालन गरेपछि प्रभावकारी बन्दै गएको हो । लामो समयदेखि बग्गीखानामा लिइँदै आएको ट्राफिक सचेतनाकक्षा कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण बन्द भएको थियो ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले मङ्सिर १६ देखि शुरु गरिएको ट्राफिक भर्चुअल कक्षामा तीन हजार ६८९ विद्यार्थीले ट्राफिक सचेतना कक्षा लिएको बताए । “महाशाखामा सचेतना कक्षा सञ्चालन गर्दा कोभिड–१९ को जोखिम बढ्ने खतरा भएकाले भर्चुअलमार्फत सचेतना कक्षा सञ्चालन गरेका हौँ”, उनले भने । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा मादक पदार्थ सेवन गरी सवारी चलाउने चालक, लेन अनुशासन उल्लङ्घन गर्ने, रातो बत्तीमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनका लागि कक्षा लिँदै आएको छ ।

यसअघि महाशाखाले मादक पदार्थ सेवन गरी सवारी चलाउने र लेन अनुशासनको पालना नगर्ने चालकलाई मात्र ट्राफिक कक्षा लिँदै आएको थियो । हाल उपत्यकाका २५ स्थानमा लाइटबाट ट्राफिक व्यवस्थापन हुँदै आएको छ । हालको प्रतिकूल अवस्थामा प्रविधिको प्रयोगमार्फत सचेतना कक्षा सञ्चालन बढी लाभदायक हुने र यसले आम चालकमा अनलाइन सचेतना कक्षा लिने बानीको विकास हुने महाशाखाको भनाइ छ ।

ट्राफिक प्रहरीले हाल मध्याह्न १२ देखि १ः०० बजेसम्म, दिउँसो १ः३० देखि २ः३० सम्म र ३ः०० देखि ४ः०० बजेसम्म तीन कक्षा सञ्चालन गर्दै आएको छ । भर्चुअल कक्षा लिनका लागि विद्यार्थी तोकिएको समयभन्दा १० मिनेट अगाडि नै महाशाखाको आइडीमा जोडिनुपर्नेछ ।

वि.सं.२०७७ पुस १० शुक्रवार ०९:३९ मा प्रकाशित

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

काठमाडौं । पुनर्गठित नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य,...

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

मुस्ताङ । मुस्ताङको लोमान्थाङमा स्थानीय संस्कृति र परम्परासँग जोडिएको प्रसिद्ध...

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यका लागि...

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

चितवन ।  भरतपुर अस्पतालले प्रयोगशालाको नतिजा अनलाइनमार्फत् प्राप्त गर्ने प्रणाली...

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम । जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...