१० पुष, काठमाडौँ । अष्ट्रेलिया विरुद्ध डिसेम्बर २६ बाट सुरु हुने दोस्रो टेस्टको लागि भारतले आफ्नो प्लेइङ्गको घोषणा गरेको छ । दोस्रो टेस्टका लागि भारतले आफ्नो ४ खेलाडी परिवर्तन गरेको छ । दोस्रो टेस्टमा शुभमन गिल, रिषभ पंत, रविन्द्र जडेजा र मोहम्मद सिराज भारतको प्लेइङ्ग इलेवनमा पर्न सफल भएका छन ।
दोस्रो टेस्टमा ब्याट्सम्यान शुभमन गिल र फास्ट बलर मोहम्मद सिराज भारतका लागि टेस्ट क्रिकेटमा डेब्यू गर्ने छन । शुभमन गिल ओपनर पृथ्वी शहको स्थानमा टिममा आएका छन भने मोहम्मद सिराज चोटिल मोहम्मद शमीको स्थानमा टिममा आएका हुन ।
त्यसैगरी दोस्रो टेस्टमा भारतका लागि रविन्द्र जडेजा अलराउण्डरका रुपमा टिममा प्रवेश गरेका छन । विस्फोटक ब्याट्सम्यान रिषभ पंतले विकेट-किपरका रुपमा टिममा प्रवेश गरेका हुन । दोस्रो टेस्टमा पनि भारतले ओपनर केएल राहुललाई मौका दिएको छैन ।
भारतका कप्तान विराट कोहली दोस्रो टेस्ट अगाडीनै भारत फर्किएका छन । कोहलीको स्थानमा उपकप्तान अजिंक्य रहाणेले कप्तानी गर्ने छन । ४ खेलको टेस्ट श्रृखलामा अष्ट्रेलिया १-० ले अगाडी रहेको छ ।
भारत र अष्ट्रेलिया बिचको दोस्रो टेस्ट डिसेम्बर २६ मा बिहान ५:१५ बाट सुरु हुनेछ ।
भारतको प्लेइङ्ग इलेवन:
मयंक अग्रवाल, शुभमन गिल, चेतेश्वर पुजारा, हनुमा विहारी, अजिंक्य रहाणे, रिषभ पंत, रवीन्द्र जडेजा, आर अश्विन, जसप्रीत बुमराह, मोहम्मद सिराज, उमेश यादव
वि.सं.२०७७ पुस १० शुक्रवार १३:३० मा प्रकाशित




























