back
CTIZAN AD

काँग्रेस केन्द्रीय समिति बैठक १९ गतेसम्मका लागि स्थगित

वि.सं.२०७७ पुस १० शुक्रवार

774 

shares

१० पुष, काठमाडौँ । नेपाली काँग्रेसको जारी केन्द्रीय समिति बैठक आगामी १९ गतेसम्मका लागि स्थगित भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उत्पन्न परिस्थितिका विषयमा आधिकारिक धारणा र रणनीति बनाउन बसेको काँग्रेस केन्द्रीय समिति बैठक आगामी १९ गतेसम्मका लागि स्थगित भएको हो ।

बैठक पौष १३ गते १६५ निर्वाचन क्षेत्रमा संसद विघटनका विरुद्धमा हुने प्रदर्शनमा सम्पूर्ण रुपले केन्द्रीत रहने निर्णय गर्ने गरी केही दिनका लागि स्थगित भएको काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

अब अर्को बैठक १९ पुसको दिउँसो १ बजे बस्नेछ ।

सरकारको कदमविरुद्ध विरोध कार्यक्रम गर्ने वा नगर्ने भन्ने विवादमै अल्झेको बैठक तेस्रो दिन मात्रै विरोधका कार्यक्रम गर्ने निर्णयमा पुगेको हो ।

यस्तै बैठकले १६ पुसमा राष्ट्रिय एकता तथा मेलमिलाप दिवससमेत देशैभरि विभिन्न कार्यक्रम गरेर मनाउने निर्णय पनि गरेको छ ।

मुख्यसचिव पौडेलका अनुसार शुक्रबारको बैठकमा केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की, डा. मीनेन्द्र रिजाल, शंकर भण्डारी, देवेन्द्रराज कँडेल, रमेश लेखक, सरिता प्रसाईं र कल्पना चौधरीले धारणा राखेका छन् ।

वि.सं.२०७७ पुस १० शुक्रवार १९:३३ मा प्रकाशित

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलका नेता रामबहादुर थापा...

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले...

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर । यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान...

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

गण्डकी । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१, पञ्चकन्या मन्दिर परिसरमा नवग्रह तथा...

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

किमाथाङ्का (सङ्खुवासभा) । मकालु गाउँपालिका–३ हेदाङ्नामा भन्सार छली ल्याएको रु...

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

कास्की । पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुमवासी तथा न्यून कमाइ...