back
CTIZAN AD

आखेटोपहार सहित तस्करीमा संलग्न तीन जना पक्राउ

वि.सं.२०७७ पुस १३ सोमवार

684 

shares

१३ पुष, काठमाडौँ । नेपाली सेनाले दुर्लभ वन्यजन्तु सालकको तस्करीमा संलग्न तीन जनाक्तिलाई आखेटोपहारसहित पक्राउ गरेको छ । चितवन राष्ट्रिय निकुञ्जमा सञ्चालन गरिएको ‘अपरेसन महाहन्ट–७’ मा खटिएको सेना, बादरझुलाबाट खटिएको सशस्त्र प्रहरी र निकुञ्ज प्रशासनको संयुक्त टोलीले तस्करीमा संलग्नलाई आइतबार पक्राउ गर्न सफल भएको हो ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार पक्राउ परेका व्यक्ति र अखेटोपहारलाई कसरास्थित चितवन राष्ट्रिय निकुञ्ज कार्यालयमा बुझाइएको छ । पक्राउ पर्नेमा चितवन माडीनगरपालिका–६ का केशरबहादुर तामाङ, शुक्रप्रसाद तामाङ र पञ्चलाल प्रजा छन् । उनीहरुको साथबाट सालकको खपटा ३७५ ग्राम र सुकुटी करिब ५०० ग्राम बरामद भएको थियो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षमा संरक्षित जीवजन्तु र प्राकृतिक सम्पदाको सुरक्षा र चोरी शिकारीका घटना नियन्त्रणका लागि सेनाले विभिन्न अपरेसनका कारवाही सञ्चालन गर्दै आएको छ ।
रासस

वि.सं.२०७७ पुस १३ सोमवार १३:३१ मा प्रकाशित

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...

पर्सामा एक सय किलो गाँजा पक्राउ

पर्सामा एक सय किलो गाँजा पक्राउ

काठमाडौैँ । जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल...

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

काठमाडौँ । विज्ञहरूले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए...

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

काठमाडौँ । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि...

बढ्यो सुनको मूल्य, कतिमा कारोबार हुँदै छ ?

बढ्यो सुनको मूल्य, कतिमा कारोबार हुँदै छ ?

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु...

‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

घोडाघोडी (कैलाली) । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे...