back
CTIZAN AD

पाँचदिनदेखि लागेको डढेलो नियन्त्रणमा आउन सकेन, पाथीभर मन्दिर समेत जोखिममा

वि.सं.२०७७ पुस १३ सोमवार

558 

shares

१३ पु्स, काठमाडौं । पाँचदिनदेखि निरन्तर लागेको डढेलो नियन्त्रणमा आउन नसक्दा पाथीभर देविको मन्दिर समेत जोखिममा परेको छ ।

ताप्लेजुङको फुलिङ नगरपालिका ११ को सिम्बु सामुदायिक बन क्षेत्रमा पाँचदिनदेखि निरन्तर लागेको डढेलोले प्रशिद्ध धार्मिकस्थल तथा सक्तिपिठ पाथीभर मन्दिर समेत जोखिममा परेको बताइएको छ ।

वनमा रहेका सुकेका रुखहरुमा सल्किएको आगो मानिसले नियन्त्रण गर्न सक्ने अवस्थामा नरहेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्र चपागाईँले बताएका छन् ।

सिडियो चापागाईँका अनुसार मन्दिरको नजिक आगो पुगिसकेको र मन्दिरलाई नेपाली सेनाको टोलीद्धारा सुरक्षित बनाउने प्रयास गरिएको छ ।

उक्त टोलीले मन्दिर वरिपरी फायर लाइन बनाएर काम गरिरहेको छ । डढेलोका कारण हालसम्म डेढसय रोपनी जंगल क्षेत्र नष्ट भइसकेको छ । सुकेका रुख र पातहरुमा आगो लागेसँगै हावाको वेग र त्यस क्षेत्रमा सहजरुपमा पानीको व्यवस्थापन गर्न नसकेका कारण पनि आगो नियन्त्रणमा आउन नसकेको सिडिओ चापागाईँले बताएका छन् ।

आगो नियन्त्रणका लागि पाथीभर मन्दिर संरक्षण तथा सम्बद्र्धन समितिले हेलिकप्टरबाट पानी हाल्ने निर्णय गरेको तर प्रभावकारी हुने नहुने भन्नेमा द्धिविधामा रहेको बताइएको छ ।

वि.सं.२०७७ पुस १३ सोमवार १४:०५ मा प्रकाशित

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

  काठमाडौं । फोहोर नि:शुल्क, सशुल्क, न्यूनीकरण, सिर्जनात्मक पुन: चक्रीय...

लुम्बिनीको बजेट सोमबार

लुम्बिनीको बजेट सोमबार

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

म्याग्दी । जिल्लाको मालिका गाउँपालिका–२ रुमका महिलाले जङ्गलमा खेर जाने...

पर्सामा एक सय किलो गाँजा पक्राउ

पर्सामा एक सय किलो गाँजा पक्राउ

काठमाडौैँ । जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल...