back
CTIZAN AD

प्रहरी हत्यामा संलग्न मुख्य फरार अभियुक्त राना पक्राउ

वि.सं.२०७७ पुस १३ सोमवार

624 

shares

१३ पुस, कैलाली । धनगढी उपमहानगरपालिका (१० जुगेडास्थित अस्थाई प्रहरी पोष्टमा कार्यरत प्रहरी सहायक निरीक्षक गोबिन्द बिक र प्रहरी जवान राम बहादुर साँउदको हत्यामा संलग्न रही फरार मुख्य अभियुक्त सोही ठाउँ बस्ने सुक बहादुर भन्ने ३४ वर्षीय अमर रानालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

घटनाका मुख्य योजनाकार अमर घटना पश्चात फरार भई भारततर्फ गएकोमा विशेष सूचनाको आधारमा सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले धनगढी उपमहानगरपालिका(१९ फुलबारी क्षेत्रको नेपाल भारत सिमा नजिकमा उनलाई फेला पारी पक्राउ गरेको हो ।

सिमावर्ति क्षेत्रमा हुने अपराध एवं तस्करी नियन्त्रण प्रयोजनार्थ जुगेडाको दक्षिणी भागमा नियमित गस्ती गर्ने क्रममा भारततर्फ गोरु गाडामा मटर तस्करी गरिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिने क्रममा तस्करहरुको समूहले गत कार्तिक १ गते प्रहरी सहायक निरिक्षक गोबिन्द र प्रहरी जवान राम बहादुरलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेर फालेको अवस्थामा प्रहरी सहायक निरीक्षक गोबिन्दको शव भोलीपल्ट बिहान मोहना नदीमा फेला परेको थियो भने प्रहरी जवान राम बहादुरको शव कार्तिक ४ गते बिहान सोही नदीमा फेला परेको थियो ।

घटनामा संलग्न ९ जना पर्कु भन्ने रोहित राना, राजेन्द्र राना, चोर भन्ने सुरेश राना, गब्बर भन्ने राज कुमार राना, राम निवास राना, टल्लु भन्ने दलराम राना, रोहित राना, गोपाल भन्ने राम गोपाल राना र राजिव गुप्तालाई यस अघिनै विभिन्न मितिमा पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत कैलालीमा पेश गरिएकोमा अदालतको आदेशले ८ जना पुर्पक्षका लागि कारागार चलान भएका थिए भने राजिव गुप्ता १ लाख ५० हजार रुपैयाँ धरौटी तिरी तारेखमा छुटेका थिए ।

अमर रानालाई आजै जिल्ला अदालत कैलालीमा पेश गरिने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

वि.सं.२०७७ पुस १३ सोमवार १३:५० मा प्रकाशित

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

गोदावरी (कैलाली) । गौरीगङ्गा नगरपालिका–१ की ३५ वर्षीया पूजा रावलले...

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्रनगर । यहाँस्थित स्वीकृति विना अस्थायी/स्थायी घरटहरा निर्माण गर्नेलाई सार्वजनिक...

रास्वपा बैतडीको सभापतिमा नाथ

रास्वपा बैतडीको सभापतिमा नाथ

दशरथचन्द (बैतडी) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम...

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

जनप्रतिनिधिसँग बालबालिकाका माग

जनप्रतिनिधिसँग बालबालिकाका माग

टीकापुर (कैलाली) । स्थानीय पालिकाका जनप्रतिनिधिसँग सबै बालबालिकाको गुणस्तरीय शिक्षामा...

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

कैलाली । गौशालाको गोबरबाट विभिन्न सामग्री उत्पादनसम्बन्धी सीपमूलक तथा आयआर्जनमूलक...