back
CTIZAN AD

आज देशैभरी ६५९ जनामा कोरोना संक्रमण, ७१८ जना संक्रमणबाट मुक्त, ७ जनाको मृत्यु

वि.सं.२०७७ पुस १३ सोमवार

666 

shares

१३ पुस, काठमाडौं । नेपालमा आज ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ५ हजार ५७८ नमुना परीक्षणमा उपत्यकाका २७८ जनासहित देशैभरी ६५९ जना कोरोना संक्रमित थपिएका हुन् । जसमा महिला २५२ र ४०७ जना पुरुष रहेका छन् ।

आज प्रदेश १ मा ६६ जना, प्रदेश २ मा ५ जना, बागमती प्रदेशमा ३४३ जना, गण्डकी प्रदेशमा ५५ जना, लुम्बिनी प्रदेशमा ६६ जना तथा कर्णाली प्रदेशमा २४ जना र सुदूरपश्चिम प्रदेशमा १०० जना संक्रमित थपिएका हुन् ।

आज थपिएका ६५९ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ५८ हजार ८४० पुगेको छ ।

त्यसैगरी आज देशैभरी ७१८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ८४० जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कुल संख्या २ ला ५० हजार ५८१ पुगेको छ । निको हुनेको यो दर ९६.८ प्रतिशत हो ।

त्यस्तै आज कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरीका विभिन्न जिल्लामा ७ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

आज थपिएका ७ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ८३२ पुगेको छ ।

नेपालमा आज ४८१ जनामा कोरोना संक्रमण, ७३१ जना निको, ६ जनाको मृत्यु

वि.सं.२०७७ पुस १३ सोमवार १६:२६ मा प्रकाशित

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलका नेता रामबहादुर थापा...

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले...

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर । यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान...

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

गण्डकी । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१, पञ्चकन्या मन्दिर परिसरमा नवग्रह तथा...

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

किमाथाङ्का (सङ्खुवासभा) । मकालु गाउँपालिका–३ हेदाङ्नामा भन्सार छली ल्याएको रु...

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

कास्की । पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुमवासी तथा न्यून कमाइ...