back
CTIZAN AD

ग्रीड आधुनिकीकरण गरि विद्युतीय समश्या न्यूनिकरण गर्दै, विद्युत निर्यातका लागि ऋण सम्झौतामा

वि.सं.२०७७ पुस १५ बुधवार

729 

shares

१५ पुस, काठमाडौं । नेपालको विद्युतीय ग्रीड आधुनिकीकरणका लागि एसियाली विकास बैंक (एडिबी) सँग रु १८ अर्ब २५ करोड (अमेरिकी डलर १५६ मिलियन बराबर) को ऋण सम्झौतामा हस्ताक्षर गरिएको छ ।

अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा सरकारका तर्फबाट सहसचिव श्रीकृष्ण नेपाल र एसियाली विकास बैंकका नेपाल आवासीय कार्यालयका इञ्चार्ज रुडी भ्यान डेलले हस्ताक्षर गरेका हुन ।

सहसचिव नेपालले विद्युतीय ग्रीड आधुनिकीकरण आयोजनाको विद्युत् प्रसारण एवं वितरण प्रणालीमा सुधार गर्ने, विद्युत् ग्रीडको आधुनिकीकरण गरी विद्युत् आपूर्तिलाई दिगो र भरपर्दो बनाउने तथा नेपाल विद्युत् प्राधिकरणको क्षमता विकास एवं सुदृढीकरण गर्ने उद्देश्य रहेको जानकारी दिए ।

विद्युतीय ग्रीड आधुनिकीकरण आयोजनाको कुल लागत करिब रु २२ अर्ब ८१ करोड (अमेरिकी डलर १९५ मिलियन बराबर)  रहेकामा रु १८ अर्ब २५ करोड एसियाली विकास बैंक र बाँकी रु चार अर्ब ५६ करोड (अमेरिकी डलर ३९ मिलियन बराबर) नेपाल सरकार र प्राधिकरणको स्रोतबाट व्यहोरिने छ ।

विद्युतीय ग्रीड आधुनिकीकरण आयोजनाबाट विद्युत् चुहावटका कारण हुने उर्जा नोक्सानीलाई न्यूनीकरण गरी बचत हुने ऊर्जा छिमेकी मुलुकमा समेत निर्यात गर्न सकिने र यसबाट देशको आर्थिक गतिविधिमा सकारात्मक योगदान पुग्ने अर्थ मन्त्रालयले जनाएको छ । रासस

वि.सं.२०७७ पुस १५ बुधवार १९:१८ मा प्रकाशित

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलका नेता रामबहादुर थापा...

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले...

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर । यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान...

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

गण्डकी । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१, पञ्चकन्या मन्दिर परिसरमा नवग्रह तथा...

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

किमाथाङ्का (सङ्खुवासभा) । मकालु गाउँपालिका–३ हेदाङ्नामा भन्सार छली ल्याएको रु...

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

कास्की । पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुमवासी तथा न्यून कमाइ...