back
CTIZAN AD

घर घरमा धाराको व्यवस्था हुन्छ : मन्त्री फुँयाल

वि.सं.२०७७ पुस १५ बुधवार

639 

shares

१५ पुस, काठमाडौं । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले प्रदेश सरकारले धारा नभएका हरेक घरमा खानेपानीको धारो व्यवस्था गर्ने बताएका छन् ।

उनले अहिलेको युगमा समेत एकगाग्री खानेपानीका लागि पनि घण्टौँ हिँड्नुपर्ने वाध्यता रहनु दुःखद् भएको उल्लेख गरेका थिए । हेटौँडा उपमहानगरपालिकाको एउटा वडामा खानेपानीका लागि तीन घण्टासम्म हिँड्नुपर्ने वाध्यता रहेको समाचार विभिन्न सञ्चारमाध्यममा प्रकाशन प्रसारण भएपछि मन्त्री फुँयालको पहलमा भौतिक पूर्वाधार विकास मन्त्रालयमा आयोजित सरोकारवालाको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले तत्काल खानेपानीको व्यवस्था गर्न निर्देशन दिए ।

प्रदेश सरकारको ‘एक घर, एक धारा’को नीति रहेको उल्लेख गर्दै उनले हरेक घरमा धारा बनाउनुपर्ने धारणा राखे ।कार्यक्रममा मन्त्रालयका सचिव सञ्जीव बरालले खानेपानी कार्यालयका प्रमुखलाई आगामी असारअगावै ट्याङ्की निर्माणको काम सम्पन गर्न निर्देशन दिँदै आवश्यक सहकार्यका लागि मन्त्रालय तयार रहेको बताए । उनले उक्त क्षेत्रमा खानेपानीको व्यवस्था गर्न मन्त्रालयले बजेट विनियोजन गरिसकेको जानकारी दिए । रासस

वि.सं.२०७७ पुस १५ बुधवार २०:४१ मा प्रकाशित

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलका नेता रामबहादुर थापा...

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले...

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर । यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान...

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

गण्डकी । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१, पञ्चकन्या मन्दिर परिसरमा नवग्रह तथा...

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

किमाथाङ्का (सङ्खुवासभा) । मकालु गाउँपालिका–३ हेदाङ्नामा भन्सार छली ल्याएको रु...

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

कास्की । पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुमवासी तथा न्यून कमाइ...