back
CTIZAN AD

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा अनुगमन

वि.सं.२०७७ पुस १५ बुधवार

711 

shares

१५ पुस, काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको आज अनुगमन गरेकी छन् । मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका विषयको अनुगमन गर्ने निकाय भएकाले विभागसँग स्वस्थ जीवनलाई प्रभाव पार्ने कार्यको जिम्मेवारी रहको उल्लेख गर्दै उनले खाद्यवस्तुको गुणस्तर परीक्षण र नियमनको कार्यलाई अभियानकै रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिइनन् ।

“अहिलेको अनुगमन, निरीक्षण, ल्याब परीक्षणको यति कार्यले मात्र हुँदैन, अब घुम्ती टोलीमार्फत नियमितरुपमा अनुगमन कार्यलाई अभियानकै रुपमा अगाडि बढाउनुपर्छ”, मन्त्री अर्यालले भनिन्, “तपाईंहरु योजनासहित अगाडि बढ्नुस्, यसलाई अभियानकै रुपमा हामीले अगाडि बढाउनुपर्छ ।”

मन्त्री अर्यालले क्षमता विकास तथा सेवा केन्द्र थप्नुपर्ने आवश्यकता भएमा त्योसहितका योजना बनाउनसमेत कर्मचारीलाई निर्देशन दिइन् । नीति, नियम, ऐन निर्माण गर्नुपर्ने क्षेत्रमा केही अपडेट गर्नुपर्ने भएमा त्यसमा समेत छलफल अगाडि बढाउन उनले आग्रह गरिन । प्रवद्र्धनात्मक कार्यमा आवश्यक पर्ने कार्यमा ध्यान दिनसमेत मन्त्री अर्यालले आग्रह गरिन ।

“उपलब्ध स्रोत साधनले जति कार्य गर्नुभएको छ, त्यो राम्रो गर्नुभएको छ, अब यतिले मात्र आवश्यकता पूरा हुँदैन, यसलाई बढाउनुपर्छ”, मन्त्री अर्यालले भनिन् , “आजभन्दा भोलि कसरी अझ राम्रो गर्ने भन्ने ढङ्गले तपाईहरु अगाडि बढ्नुस् ।” विभागका महानिर्देशक उपेन्द्र रायले खाद्य स्वच्छता कायम गर्न सबैले ध्यान दिइरहेको जानकारी गराएका थियो । रासस

वि.सं.२०७७ पुस १५ बुधवार २०:३१ मा प्रकाशित

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलका नेता रामबहादुर थापा...

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले...

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर । यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान...

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

गण्डकी । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१, पञ्चकन्या मन्दिर परिसरमा नवग्रह तथा...

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

किमाथाङ्का (सङ्खुवासभा) । मकालु गाउँपालिका–३ हेदाङ्नामा भन्सार छली ल्याएको रु...

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

कास्की । पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुमवासी तथा न्यून कमाइ...