back
CTIZAN AD

कांग्रेसले आज ४५ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै

वि.सं.२०७७ पुस १६ बिहीवार

708 

shares

१६ पुस, काठमाडौं । नेपाली कांग्रेसले आज औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदैछ ।
पार्टीका ७७ वटै जिल्ला समितले जिल्लामा विभिन्न कार्यक्रम गर्दै मनाइन लागिएको ४५ औं मेलमिलाप दिवसमा केन्द्रीय नेताहरु जिल्ला जाने कार्यक्रम समेत रहेको छ । साथै विदेशस्थित भातृसंगठनहरुले पनि बिभिन्न कार्यक्रम गरी मनाउन लागेका हुन् ।

कांग्रसले यो पटकको मेलमिलाप दिवसलाई प्रतिनिधिसभा विघटनको विरोधमा राष्ट्रिय एकताको रुपमा मनाउने भएको छ ।

मेलमिलाप दिवसका अवसरमा कांग्रेसको सूचना, सन्चार तथा प्रचार विभागले आज बिहान साढे ९ बजे राखेको ‘नेपाली राजनीतिमा मेलमिलापको सान्दर्भिकता’ विषयक अनलाइन कार्यक्रममा प्रमुख वक्ताका रुपमा सभापति शेर बहादुर देउवा र नेता प्रदीप गिरीले मुख्य वक्ताका रुपमा सम्बोधन गर्ने बताइएको छ ।

देशको सार्वभौमसत्ता रक्षाका लागि जनताकै बीचमा रहेर काम गर्नुपर्दछ भन्दै पार्टीका संस्थापक तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, नेत्री शैलजा आचार्य, नेता खुमबहादुर खड्कालगायत मेलमिलापको नीति लिएर विसं २०३३ पुस १६ गते स्वदेश फर्किएका थिए । यहि दिनलाई कांग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रुपमा मनाउँदै आइरहेको छ ।

वि.सं.२०७७ पुस १६ बिहीवार ०९:३४ मा प्रकाशित

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलका नेता रामबहादुर थापा...

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले...

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर । यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान...

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

गण्डकी । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१, पञ्चकन्या मन्दिर परिसरमा नवग्रह तथा...

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

किमाथाङ्का (सङ्खुवासभा) । मकालु गाउँपालिका–३ हेदाङ्नामा भन्सार छली ल्याएको रु...

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

कास्की । पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुमवासी तथा न्यून कमाइ...