१६ पुष, काठमाडौँ । सन्दिप लामिछाने आवद्ध टिम होबार्ट हुरिकेन्सले ब्रिसबेन हिट विरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । ब्रिसबेन हिटलाई होबार्ट हुरिकेन्सले १ रनले पराजित गरेको हो ।
टस हारेर पहिले ब्याटिङ्ग गरेको होबार्ट हुरिकेन्स १९.४ ओभरमा १५० रन बनाएर अलआउट भएको थियाे । होबार्टका लागि ब्याटिङ्गमा डविड मलानले सर्वाधिक ३९ रन बनाएका थिए भने ब्रिसबेन हिटका लागि मुजिब उर रहमानले उत्कृष्ट बलिङ्ग गदौँ ४ ओभरमा १५ रन खर्चेर ५ विकेट लिएका थिए ।
होबार्ट हुरिकेन्सले दिएको १५१ रनको लक्ष्य ब्रिसबेन हिटले पुरै २० ओभर खेल्दा पनि पुरा गर्न सकेन । ब्रिसबेन हिटले २० ओभरमा ८ विकेट गुमाएर १४९ रनमात्र बनाउन सक्यो । ब्रिसबेन हिटका लागि ब्याटिङ्गमा जेम्स ब्याजलीले ३१ बलमा ४९ रनको विस्फोट पारी खेल्दा पनि टिमलाई जित भने दिलाउन सकेनन् । त्यसैगरि होबार्टका लागि बलिङ्गमा सर्वाधिक ३ विकेट लिएका थिए ।
जितसँगै होबार्ट हुरिकेन्सले ६ खेलबाट १५ अकं जोड्दैँ अकं तालिकाको तेस्रो स्थानमा उक्लेको छ भने ब्रिसबने हिट छैठौँ स्थानमा पुगको छ । पहिलो स्थानमा रहेको सिड्नी सिक्सर्सको १६ अकं रहेको छ भने दोस्रो स्थानमा रहेको सिड्नी थन्डर्सको १५ अकं रहेको छ । चौथौ स्थानमा १३ अकं सहित एडिलेड स्टाइकर्स रहेको छ भने पाँचौँ स्थामा १० अकं सहित मेलबर्न स्टार्स रहेको छ ।
वि.सं.२०७७ पुस १६ बिहीवार ०९:३० मा प्रकाशित

























