back
CTIZAN AD

यी हुन २०२० मा टि-२० अन्तराष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने ५ खेलाडी, भारतबाट १ खेलाडीमात्र पर्न सफल

वि.सं.२०७७ पुस १६ बिहीवार

612 

shares

१६ पुष, काठमाडौँ । २०२० मा टि-२० अन्तराष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडीको सुचिमा पहिलो स्थानमा पाकिस्तानका विस्फोटक ब्याट्सम्यान मोहम्मद हफिज रहेका छन भने पाचौँ स्थानमा कतारमा कामरन खान गरेका छन ।

यी हुन २०२० मा टि-२० अन्तराष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने ५ खेलाडी :

१. मोहम्मद हफिज

पाकिस्तान क्रिकेट टिमका विस्फोट ब्याट्सम्यान मोहम्मद हफिजले २०२० मा टि-२० अन्तराष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाएका छन । उनले २०२० मा १० टि-२० अन्तराष्ट्रिय खेलबाट ८३ को औसतले ४१५ रन बनाएका छन । यस क्रममा उनले ४ अर्धसतक समेत प्रहार गरेको छन ।

२. केएल राहुल

भारतीय क्रिकेट टिमका ओपनर केएल राहुल यस सुचिको दोस्रो स्थानमा रहेका छन । उनले २०२० मा ११ टि-२० खेलमा ४४.८८ को औसतले ४०४ रन बनाएका छन । यस क्रममा उनले ४ अर्धसतक प्रहार गरेका छन ।

३. डविड मलान

इंल्याण्ड क्रिकेट टिमका विस्फोटक ओपनर यस सुचिको तेस्रो स्थानमा रहेका छन । उनले २०२० मा इंल्याण्डका लागि १० अन्तराष्ट्रिय टि-२० खेल खेले । १० टि-२० खेलमा उनले ४९.६२ को औसतले ३९७ रन बनाएका छन । त्यसक्रममा उनले ४ अर्धसतक पनि बनाएका छन ।

४. टिम सेफर्ट

न्यूजिल्याड क्रिकेट क्रिकेट टिमका टिम सेफर्ट यस सुचिको चौथौँ स्थानमा रहेको छन । उनले २०२० मा ११ टि-२० खेल खेलेका छन जसमा उनले ५०.२८ को औसतले ३५२ रन बनाएका छन । त्यसक्रममा उनले ४ अर्धसतक प्रहार गरेका थिए ।

५. कामरन खान

कतार राष्ट्रिय टिमका खेलाडी कामरेन खान यस सुचिको पाचौँ स्थानमा रहेका छन । उनले २००२ मा कतारका लागि ७ टि-२० अन्तराष्ट्रिय खेल खेलेका छन जसमा उनले ४७.८५ को औसतले ३३५ रन बनाएका छन । त्यसक्रममा उनले ३ अर्धसतक समेत प्रहार गरेका छन ।

वि.सं.२०७७ पुस १६ बिहीवार १०:५६ मा प्रकाशित

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले...