१६ पस, काठमाडौं । राष्ट्रिय सभाको हिउँदै अधिबेशनको बैठक शुक्रबार (१७ गते) बस्दैछ ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा भोली (विहिबार) ४ बजेका लागि बैठकको आव्हान गरेकी हुन् । भोली बस्ने बैठकका लागि राष्ट्रियसभाका सदस्यहरुको बिहिबार कोरोना (कोभिड-१९) परीक्षणका लागि नमुना संकलन गरिएको छ । संसद सचिवालयका अनुसार नमुना परीक्षणको व्यवस्था निःशुल्क गरिएको हो ।
त्यस्तै सचिवालयका अनुसार उक्त सातौं अधिबेशनको बैठकमा शीर्ष नेताहरुले सम्बोधन गर्ने तथा विभिन्न अध्यादेशहरु पेश गरिने, समिति गठन सम्बन्धी आदेश प्रस्तुुत गरिने, संबैधानिक आयोगका प्रतिबेदनहरु पेस गरिने लगायतका ऐजेण्डाहरु रहेको बताइएको छ ।
प्रतिनिधिसभा बिघटन भएपछि पहिलो पटक बस्न लागेको राष्ट्रियसभाको बैठकलाई विशेष महत्वकासाथ हेरिएको छ ।
वि.सं.२०७७ पुस १६ बिहीवार १३:५० मा प्रकाशित




























