back
CTIZAN AD

प्रधानमन्त्रीको कदमविरुद्ध विभिन्न पार्टीका महिला संगठनले बुझाए सभामुखलाई ध्यानाकर्षण पत्र

वि.सं.२०७७ पुस १६ बिहीवार

720 

shares

१६ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हठात् रुपमा प्रतिनिधिसभाको विघटन गर्दै असंबैधानिक र अलोकतान्त्रिक कदम चालेर देश र जनतालाई अनिश्चितताको सुरुङभित्र धकेलिदिएको भन्दै विभिन्न पार्टीका महिला संगठनले गम्भीर ध्यानाकर्षण जनाएका छन् ।

Image may contain: 1 person, on stage and indoor
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अखिल नेपाल महिला संघ (अनेम संघ) की संयोजक अमृता थापा, नेकपा मशालको अखिल नेपाल महिला संघकी अध्यक्ष मिना पुन, जनसमाजवादी पार्टी नेपालको समाजवादी महिला संघकी अध्यक्ष निर्मला यादव र विवेकशिल साझा महिला संघकी अध्यक्ष समिक्षा बास्कोटासहितको समुहले विहिबार सभामुख अग्नि प्रसाद सापकोटालाई भेटेर एक ध्यानाकर्षण पत्र समेत बुझाएको छ ।

Image may contain: 2 people, people sitting, table and indoor

आम नेपाली जनता, राजनैतिक दलहरु र थुप्रै सहिहरुको बलिददान र संघर्षबाट स्थापीत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई प्रतिनिधिसभा विघटनद्धारा नष्ट गर्ने षड्यन्त्र गरिएको पनि सभामुख सापकोटालाई बुझाइएको उक्त ध्यानाकर्षण पत्रमा भनिएको छ ।

Image may contain: 5 people, people sitting, table and indoor

‘प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा असंबैधानिक रुपमा प्रतिनिधिसभा भंग गरिएको घोषणा खारेज हुनुपर्दछ । यदि यो प्रतिनिधिसभालाई पुनः स्थापना गर्न सकिएन भने, संविधान र आम नेपाली जनताको भाबना विपरित हुनेछ,‘ उक्त ध्यानाकर्षण पत्रमा भनिएको छ,‘भविष्यमा हुने कुनै पनि प्रधानमन्त्रीले आफ्नो निजी स्वार्थ पूरा गर्न बारम्बार प्रतिनिधिसभा विघटन गर्ने नजिर रहने सम्भावना रहन्छ । देशको सार्वभौम सत्ता, अखण्डता र राष्ट्रिय सुरक्षा चुनौती थपिनेछ । देश प्रतिगामीहरुको खेल मैदानमा परिणत हुनेछ । जसका कारणले आर्थिक विकास ठप्प हुनेछ ।’

उक्त ध्यानाकर्षण पत्र बुझ्दै सभामुख सापकोटाले प्रधानमन्त्रीलाई प्रतिनिधि सभा बिघटन गर्ने अधिकार संविधानले नदिएको भन्दै संविधानको रक्षा र जनताको हितमा आफू सधै समर्पित रहने बताएका थिए ।

No photo description available.

 

वि.सं.२०७७ पुस १६ बिहीवार १५:४९ मा प्रकाशित

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलका नेता रामबहादुर थापा...

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले...

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर । यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान...

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

गण्डकी । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१, पञ्चकन्या मन्दिर परिसरमा नवग्रह तथा...

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

किमाथाङ्का (सङ्खुवासभा) । मकालु गाउँपालिका–३ हेदाङ्नामा भन्सार छली ल्याएको रु...

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

कास्की । पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुमवासी तथा न्यून कमाइ...