back
CTIZAN AD

टेलिकमले आजदेखि सुरु गर्‍यो आईपी टिभी , मूल्य र प्याकेज यस्तो छ

वि.सं.२०७७ पुस १७ शुक्रवार

1.2K 

shares

१७ पौष, काठमाडौं । नेपाल टेलिकमले आजदेखि आफ्नो आईपी टिभी सेवा सञ्चालनमा ल्याएको छ । टेलिकमले एनटिटिभी ब्राण्डमा फाइबर टु द होम (एफटीटीएच) मार्फत आईपी टिभी सेवा सञ्चालनमा ल्याएको हो ।

हाल टेलिकमले एफटिटिएच सेवाबाट भ्वाइस सेवा र डाटा सेवा उपलब्ध गराइरहेकामा अब आइपी टिभी सेवा थप गर्न लागेको हो । अब भने कम्पनीले सोही फाइबरमार्फत आईपी टिभी सेवा थप गरी ग्राहकलाई उपलब्ध गराउन थालेको हो । कम्पनीको एनटी टिभी सेवाका लागि एफटिटिएच नेटवर्कको पहुँच भने अपरिहार्य हुनेछ ।

तत्कालका लागि उक्त सेवा काठमाडौँ उपत्यकाभित्र सुन्धारा, बबरमहल, ठिमी, बलम्बु, भक्तपुर, चाबहिल, छाउनी र गोङ्गबुमा उपलब्ध हुनेछ । यसैगरी पाटन, हात्तीगौंडा, जोरपाटी, कीर्तिपुर, सैंबु, लुभू, नक्साल तथा उपत्यकाबाहिर बनेपामा समेत टेलिकमको एफटिटिएच नेटवर्क पुगिसकेको र प्राविधिक रुपमा एफटिटिएच वितरण गर्न सकिने स्थानहरुमा उपलब्ध हुने जनाइएको छ ।

उक्त कम्पनिका अनुसार उपत्यका बाहिरको हकमा जुन ठाउँमा कम्पनीको फाइबर पुगेको छ, उक्त स्थानमा यो सेवा उपलब्ध हुनेछ । जसमा काभ्रे, चितवन, धनुषा, मकवानपुर, पर्सा, सिन्धुली, घनकुटा, झापा, मोरङ, सुनसरी, डोटी, कैलाली, कन्चनपुर, धादिङ, बाँके, दाङका केही स्थानमा टेलिकमको फाइबर उपलब्ध रहेको छ ।

यसैगरी प्युठान, सुर्खेत, बागलुङ, कपिलबस्तु, कास्की, नवलपरासी, मुस्ताङ, नवलपरासी, पाल्पा, पर्वत, रुपन्देही र तनहुँमा समेत टेलिकमको एफटीटीएच नेटवर्क पुगिसकेको छ ।

हाल कम्पनिको एफटीटीएच सेवामार्फत भ्वाइस , डेटा वा दुवै सेवा प्रयोग गरीरहेका ग्राहकले एनटिटिभी सेवा प्राप्त गर्न नजिकैको नेपाल टेलिकमको कार्यालयमा सम्र्पक गर्न सक्ने कम्पनिले जनाएको छ । यस एनटिटिभीका लागि ग्राहकले कम्पनीबाट एसटीबी (सेट टप बक्स) खरिद गर्नुपर्नेछ ।

विभिन्न राष्ट्रिय टिभी च्यानल तथा विदेशी च्यानलहरु उपलब्ध हुने एनटी टिभी सेवा विभिन्न प्याकेजमा वितरण हुने भन्दै आवश्यकता र उपयुक्तताअनुसार छनोट गर्न सकिने टेलिकमले जनाएको छ ।

 एनटिटिभीका प्योजहरु यस्तो छन :

 

बेसिक प्याकेज (एक टिभी)

For Basic TV Package
Package and Validity 1 month 3 months 12 months
15mbps Unlimited Internet + NTTV + FREE  Telephone 1,230 3,530 13,220
NTTV + FREE Telephone 480 1,450 5,780

प्रिमियम प्याकेज (एक टिभी)

For Premium TV Package
Package and Validity 1 Month 3 Months 12 Months
15 mbps Unlimited Internet + NTTV + FREE  Telephone 1,400 4,100 15,000
30 mbps Unlimited Internet + NTTV + FREE  Telephone 1,750 5,000 18,100
40 mbps Unlimited Internet + NTTV + FREE  Telephone 2,050 6,000 19,700
60 mbps Unlimited Internet + NTTV + FREE  Telephone 2,450 7,200 24,500
NTTV + FREE  Telephone 800 2,350 8,300

यदि टिभी थप्न चाहे यस्तो छ थप टेलिभिजनको शुल्क :

Type of Package 1 Month

(inRs.)

3 Months

(inRs.)

12 Months

(inRs.)

Basic 226.00 678.00 2712.00
Premium 508.50 1448.66 4881.60

वि.सं.२०७७ पुस १७ शुक्रवार ११:४९ मा प्रकाशित

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

मध्यविन्दु (नवलपरासी । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर...

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

कास्की । पृथ्वीराजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती...

मुग्लिन–मलेखु सडक खण्डका यी चार पुल सञ्चालनको तयारी

मुग्लिन–मलेखु सडक खण्डका यी चार पुल सञ्चालनको तयारी

चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको मुग्लिङ–मलेखु सडकखण्डका चार पुल अगामी...

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी चापीय रेखा...

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलका नेता रामबहादुर थापा...

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले...