१७ पुस, काठमाडौं । निरन्तर रुपमा घटबढ भइरहेको सुनको मूल्य आज ४ सय रुपैँयाले बढेर उकालो लागेको छ ।बिहिबार ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ४ सय रुपैँयाले बढेर प्रतितोला ९४ हजार ५ सय रुपैँयामा कारोबार भइरहेको छ ।
त्यस्तै, तेजावी सुनको भाउ पनि ४ सयले बढेर ९४ हजार रुपैँयामा कारोबार भइरहेको छ ।
बजारमा सुनको भाउ बढेपनि चाँदीको भाउ भने स्थिर रहेको छ । बिहिबार प्रतितोला १३०० रुपैँयामा कारोबार भएको चाँदीको मूल्य आजपनि सोहि मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
वि.सं.२०७७ पुस १७ शुक्रवार ११:५६ मा प्रकाशित





























