back
CTIZAN AD

विद्युत उत्पादन गर्न नसक्दा ९०० घरधुरी प्रभावित

वि.सं.२०७७ पुस १७ शुक्रवार

597 

shares

१७ पुष, रुकुम । पुथाउत्तरगङ्गा गाउँपालिका–५ मा रहेको तमागर लघु जलविद्युत आयोजनाका काम अहिलेसम्म पूरा हुन सकेको छैन । यसबाट आसपास क्षेत्रका ९०० घरधुरी प्रभावित भएका छन् । विसं २०६५÷६६ मा निर्माण थालिएको उक्त विद्युत आयोजनाले अहिलेसम्म विद्युत्् उत्पादन गर्न सकेको छैन ।

विद्युत आयोजना निर्माण भएपछि बिजुली बाल्ने भनेर आशमा बसेका सबै अहिले दियोको भरमा बसिरहेका छन् । बिजुली बल्न नसक्दा गाउँपालिकाको वडा नम्बर ५ सँगै वडा नं १ र ६ का ती घरधुरी प्रभावित बन्न पुगेको वडा नं ५ का वडाध्यक्ष कालीप्रशाद रोकाले जानकारी दिए ।

उक्त विद्युत आयोजना निर्माणको लागि एचए हाइड्रो पावरले रु दुई करोड २९ लाखमा जिम्मा लिएको थियो । कम्पनीले टर्वाइन, जेनेरेटर, यलसी बोर्ड, ट्रन्सफर्मरका साथै थोरै तार मात्र उपलब्ध गराएको थियो ।

पछिल्लो समय कम्पनीले काम अलपत्र छोडेर सम्पर्कविहीन बनेको छ । सामग्रीमा पनि खिया लागेर काम नलाग्ने अवस्थामा पुगेका छन् । गाउँमा स्थानीय सरकार गठन भएपछि भने स्थानीय सरकारले नै आयोजनाको पुनःनिर्माणको काम शुरुआत गरेको थियो ।

गाउँपालिका र वडाको बजेटबाट आयोजनाको मर्मत कार्यका साथै खिया लागेका सबै सामग्री फेरबदल गरिएको वडाध्यक्ष रोकाले जानकारी दिए । गाउँपालिकाको दुई आर्थिक वर्षको रु ६६ लाख र वडाको रु १० लाख गरी कूल रु ७६ लाखमा अलपत्र विद्युत् आयोजना निर्माणको काम सम्पन्न भएको वडाले जनाएको छ ।

लामो समयदेखि अलपत्र रहेको विद्युत् आयोजना पुनःनिर्माणको काम सकिएर गत साउन महिनामा परीक्षण पनि सम्पन्न भइसकेको थियो । सफलतापूर्वक परीक्षण सम्पन्न भएको विद्युत् आयोजनाको बिजुली गाउँमा विस्तारको तयारी गर्दै गर्दा बर्खे भेलले विद्युत् आयोजनाको मुहानै बगाएपछि फेरी आयोजना प्रभावित बनेको थियो ।

भेलले मुहान बगाउनुका साथै नहर, ड्याम र हेमपाइप बगाएको थियो । अहिले वडाले फेरि पाइप मगाएको छ भने मर्मतको कार्य फेरि शुरु गर्ने जनाएको छ । विद्युत् आयोजनाको मर्मत कार्यपछि छिट्टै त्यहाँका नागरिकले बिजुली बाल्न पाउने वडाध्यक्ष रोकाले जानकारी दिए ।
रासस

वि.सं.२०७७ पुस १७ शुक्रवार १२:०४ मा प्रकाशित

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

महेन्द्रनगर । महाकाली सिँचाइ आयोजनाअन्तर्गतको पहिलो र दोस्रो चरणको मूल...

पालिकाद्धारा बीस विद्यालयलाई ल्यापटप वितरण

पालिकाद्धारा बीस विद्यालयलाई ल्यापटप वितरण

सिमकोट (हुम्ला) । जिल्ला सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आफ्ना मातहतमा...

हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा

हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा

सिमकोट (हुम्ला) । हुम्ला र बाजुराको सीमा क्षेत्र लाम्पाटामा भएको...

महाकाली नदीमा सेनाको विपद् अभ्यास

महाकाली नदीमा सेनाको विपद् अभ्यास

महेन्द्रनगर । नेपाली सेनाको अगुवाइमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ऐरीस्थित महाकाली...

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

अदानचुली (हुम्ला) । हुम्लाको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँमा गएराति खसेको...