back
CTIZAN AD

खुमलटारमा प्रचण्ड र बामदेवबीच भेटवार्ता

वि.सं.२०७७ पुस १७ शुक्रवार

741 

shares

पुस १७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पार्टी उपाध्यक्ष बामदेव गौतमबीच भेटवार्ता भएको छ । पार्टी विभाजनमा कुनै पक्ष तिर नलागेका गौतम प्रचण्डलाई भेट्न शुक्रबार बिहान खुमलटार पुगेका थिए ।

प्रचण्डको सचिवालयले जनाएअनुसार प्रचण्ड र गौतमबीच आधा घण्टा बढि छलफल भएको थियो । दुई नेताबीच छलफल भएको विषयबारे भने जानकारी गराइएको छैन् ।

गौतम संसद विघटन गर्ने निर्णयको विरोधमा छन् तर, उनी हालसम्म कुनै पक्षमा पनि लागेका छैनन् । उनी दुवै समुहका भेला तथा बैठकमा उपस्थित छैनन् । दुवै समुहले उनलाई पार्टी उपाध्यक्षमा राखेको छ ।

गौतमले आफुँ पार्टी एकताको पक्षमा रहँदै आएको बताएका छन् । साथै उनले दुवै पक्षले आत्माआलोचना गरेर पार्टीलाई विभाजन गराउन नहुने अडानमा छन् ।

यसअघि गत शनिबार पनि उनी प्रचण्डलाई भेटेर एक अर्र्काको विरोध गर्ने कार्यक्रम नबनाउन आग्रह गरेका थिए ।

वि.सं.२०७७ पुस १७ शुक्रवार १२:०५ मा प्रकाशित

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा...

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

काठमाडौँ । नेपाल टेलिकम र जल तथा मौसम बिज्ञान विभागबीच...

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल कम्युनिष्ट पार्टी...

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवद्र्धनका निम्ति द्रुत...