back
CTIZAN AD

मुक्तिनाथ मन्दिर पुस २१ गतेदेखि सर्वसाधारणका लागि खुला

वि.सं.२०७७ पुस १८ शनिवार

735 

shares

१८ पौष, काठमाडौं । मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर पुस २१ गतेदेखि सर्वसाधारणका लागि खुला हुने भएको छ ।

मुक्तिनाथ विकास समितिको पहलमा जिल्ला समन्वय समिति, वारागुङ मुक्तिक्षेत्र गाउँपालिका, जिल्ला स्वास्थ्य कार्यालय, प्रदेश सभासद, सुरक्षा निकाय, वारागुङ मुक्तिक्षेत्र(१ अन्तर्गतका रानीपौवा, झारकोट र खिङ्गा गाउँका स्थानीयबासी तथा गाउँ मुखिया र मन्दिरमा कार्यरत आनीझुमा तथा पूजारीको संयुक्त बैठकले मुक्तिनाथ मन्दिर मंगलबारदेखि सर्वसाधारणका लागि खुला गर्ने निर्णय गरेको हो ।बैठकले विभिन्न ४ बुँदे निर्णय समेत गरेको छ ।

आउँदो पुस २१ गते मंगलबारदेखि मुक्तिनाथ मन्दिरको ढोका खुला गरिने छ । मुक्तिक्षेत्रमा कोभिड(१९ कारण कोही स्थानीय बिरामी परेमा मुक्तिनाथ विकास समितिको कोषबाट उपचारको व्यवस्था गर्ने, मुक्तिनाथ आउने दर्शनार्थी तथा पर्यटकलाई मन्दिर प्रवेश गर्दा पीसीआर रिपोर्ट अनिवार्य गराउने र मुक्तिनाथ क्षेत्रमा दर्शनार्थी तथा मन्दिरमा कार्यरत आनीझुमा, पूजारी, सुरक्षा निकाय र मन्दिरका कर्मचारीलाई कोभिड(१९ को जोखिम न्युनिकरण गराउन आवश्यक स्वास्थ्य सुरक्षा सामग्री तथा जनशक्ति उपलब्ध गराउने बैठकले निर्णय गरेको हो ।

प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ विगत १० महिनाअघिदेखि बन्द छ

वि.सं.२०७७ पुस १८ शनिवार १३:२६ मा प्रकाशित

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

मध्यविन्दु (नवलपरासी । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर...

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

कास्की । पृथ्वीराजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती...

मुग्लिन–मलेखु सडक खण्डका यी चार पुल सञ्चालनको तयारी

मुग्लिन–मलेखु सडक खण्डका यी चार पुल सञ्चालनको तयारी

चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको मुग्लिङ–मलेखु सडकखण्डका चार पुल अगामी...

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी चापीय रेखा...

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलका नेता रामबहादुर थापा...

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले...