back
CTIZAN AD

पत्रकार महासङ्घ काठमाडौँ शाखाको अधिवेशन माघ १६ गते

वि.सं.२०७७ पुस १८ शनिवार

726 

shares

१८ पौष, काठमाडौं । नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाको अधिवेशन आगामी माघ १६ गते गरिने भएको छ ।

करीब एक हजार ५०० सदस्य रहेको शाखाका अध्यक्ष शन्तराम विडारीको अध्यक्षतामा बसेको बैठकले साना लगानीमा सञ्चालन भएका सञ्चारगृहलाई कल्याणकारी विज्ञापन अभिवृद्धि गर्न तथा सहुलियत गराउनसमेत सरकारसँग माग गरेको जनाइएको छ ।

शाखाले कोभिड–१९ का समयमा कुनै पनि सञ्चारकर्मीलाई निष्कासन नगर्न, उनीहरुलाई समयमै तलब उपलब्ध गराउन सञ्चारगृहलाई आग्रह गरेको छ । शाखाका पूर्वअध्यक्ष स्व अशोक श्रेष्ठलगायत वरिष्ठ पत्रकारको स्मृतिमा स्थापना गरिएका १० वटा पुरस्कार अधिवेशनमा वरिष्ठ पत्रकारलाई दिने निर्णय गरिएको छ ।

सञ्चार क्षेत्रको विकास तथा सञ्चारकर्मीको श्रीवृद्धिका लागि विभिन्न तालीमको व्यवस्था गर्दै आएको उक्त शाखाले बन्दाबन्दीका समयमा पत्रकारलाई सहयोग गरेको थियो । विपत्का समयमा पत्रकारलाई आर्थिक साहयता गर्ने उद्देश्यले स्थापना गरिएको अक्षय कोषमा हाल रु दुुई लाख सङ्कलन भएको र केही बिरामी सञ्चारकर्मीलाई त्यसबाट सहयोग गरिएको अध्यक्ष विडारीले जानकारी दिए ।

यही पुस १७ गते दिवङ्गत भएका वरिष्ठ पत्रकार चक्रपाणि नेपालको स्मृतिमा चाँडै पुरस्कार स्थापना गरिने उपाध्यक्ष सूूर्य सुवेदीले जानकारी दिए ।रासस

वि.सं.२०७७ पुस १८ शनिवार १३:४१ मा प्रकाशित

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

काठमाडौँ । सांसद गोमादेवी तिमिल्सिनाले पछिल्लो समय हत्या, हिंसा, लुटपाट,...

ग्यालेक्सी एस २६ प्लसमा रु २३ हजारको क्यास ब्याक अफर

ग्यालेक्सी एस २६ प्लसमा रु २३ हजारको क्यास ब्याक अफर

काठमाडौँ । सामसङ नेपालले ग्यालेक्सी एस २६ प्लसले सीमित अवधिका...

सिटिजन लाइफ ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर– नेपाल’ विधामा अन्तर्राष्ट्रिय स्तरमा पुरस्कृत

सिटिजन लाइफ ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर– नेपाल’ विधामा अन्तर्राष्ट्रिय स्तरमा पुरस्कृत

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार...

एक हजार १८१ ले लिए हिमाल आरोहणको अनुमति

एक हजार १८१ ले लिए हिमाल आरोहणको अनुमति

काठमाडौँ । यसवर्षको वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि अनुमति...

विपद् मा नसर्ने रोगी उच्च जोखिममा : भजनी र लालझाडीद्वारा ‘पेन डी प्याकेज’ लाई नीति तथा कार्यक्रममा समावेश गराउँदै

विपद् मा नसर्ने रोगी उच्च जोखिममा : भजनी र लालझाडीद्वारा ‘पेन डी प्याकेज’ लाई नीति तथा कार्यक्रममा समावेश गराउँदै

टीकापुर (कैलाली) । कैलालीको भजनी नगरपालिका र कञ्चनपुरको लालझाडी गाउँपालिकाले...

प्रतिनिधिसभा बैठकः जातीय विभेद अन्त्य गर्न सांसदको माग

प्रतिनिधिसभा बैठकः जातीय विभेद अन्त्य गर्न सांसदको माग

काठमाडौँ । प्रतिनिधिसभा सदस्य नीता घतानीले दलित समुदायमाथि हुँदैआएको डेरा...