back
CTIZAN AD

तपाईको आज (आइतबार)को राशिफल भन्छ-आज यी सात राशिकालाई हुने छ विशेष फाइदा !

वि.सं.२०७७ पुस १९ आइतवार

753 

shares

मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अ
शुभचिन्तकहरूले साथ दिनेछन् । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । पढाइलेखाइमा प्रगति हुनेछ । सेवामूलक कामबाट धनलाभ हुनेछ । प्रतिभा प्रदर्शन गर्दै बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ ।

बृष- इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
परिस्थितिसँग सम्झौता गर्नुपरे पनि समस्या पहिल्याउन सकिनेछ । अवसर आए पनि हडबडीले काम बिग्रन सक्छ । विवादास्पद काममा जुट्नुपर्दा प्रतिफल प्रभावित हुनेछ । मिहिनेतको फल अरूले हत्याउने चेष्टा गर्नेछन् । काम सम्पादन भए पनि तत्काल आम्दानीको आशा नराख्नुहोला । बलभन्दा बुद्धिको उपयोगले लाभ दिलाउनेछ । गोपनीयतामा ध्यान पुर्याउनुहोला ।

मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह
सहयोगीहरूले साथ दिनाले काम सम्पादन हुनेछ । पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ । उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । गरिएका कर्मको छोटो समयमै राम्रो प्रतिफल पाइनेछ । नयाँ काममा हात हाल्ने समय छ । कृषिकर्म र व्यावसायिक कामको योजना अघि बढ्नेछ । मिहिनेतले सफलताको उचाइमा पुर्याउन सक्छ ।

कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ । अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ । तापनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ । आजको श्रमबाट पछिलाई फाइदा हुनेछ । बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ । अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ ।

सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अवसर प्राप्त भए पनि आफ्नै कमजोरीले काम रोकिन सक्छ, दोहोर्याएर प्रयत्न गर्दा सम्पादन हुनेछ । महत्त्वाकांक्षी कार्य प्रारम्भ होला । पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ । पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । व्यक्तित्व निखार्ने अवसर पनि प्राप्त हुनेछ ।

कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ । उधारोमा व्यापार हुनेछ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । स्वाभिमानका लागि लाभांश त्याग्नुपर्ला । अवसरका लागि दौडधुप गर्नुपरे पनि दिगो काम थालनी हुनेछ । खर्च लागे पनि यात्राको साइत जुर्न सक्छ । व्यवसाय थाल्न सरसापट लिनुपर्ने हुन सक्छ ।

तुला -र, रि, रु, रे, रो, ता, ति, तु, ते
आम्दानीका विभिन्न स्रोत देखिए पनि सोचेको फाइदा नहुन सक्छ । लगानीतर्फ लागत बढ्नेछ । कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ । आफ्नो लाभांशमाथि अरूले दाबी–विरोध गर्न सक्छन् । ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला । अरूको मुख ताक्ने बानीले पछि परिनेछ । तापनि पछिका लागि गरिएको लगानीले अवश्यै फाइदा दिनेछ ।

बृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु
लामो समयदेखि प्रतीक्षा गरिएको काम सम्पादन हुनेछ । आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । कीर्तिमानी काम बन्नाले मूल्यवान् वस्तु लाभ हुन सक्छ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । भेटघाटले काममा उत्साह बढाउला । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ ।

धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
परोपकारी भावना जागृत हुनाले तारिफयोग्य कामको यश लिने सौभाग्य प्राप्त हुनेछ । आम्दानी थोरै भए पनि आवश्यकता पूरा हुनेछन् । शुभचिन्तकहरूले साथ दिनेछन् भने भविष्यका लागि कर्मसञ्चय गर्ने समय छ । सामाजिक कामले नाम, दाम र इनाम दिलाउनेछ । मिहिनेतको राम्रो प्रतिफल प्राप्त हुनेछ । आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ ।

मकर- भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सामान्य कामका लागि दौडधुप गर्नुपर्नेछ । तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला। परिबन्धले चुनौती निम्त्याउन सक्छ । ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ । अरूका विषयमा चासो लिँदाव्यर्थैमा झमेला बेहोर्नुपर्ला । स्वास्थ्य कमजोर भएको अनुभूति हुनेछ । खानपान र आहारविहारमा ध्यान पुर्याउनुहोला । कमजोरीका बेला कामको चाप पनि बढ्न सक्छ ।

कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द
घुमफिर तथा मनोरञ्जनको समय छ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । अतिथिका रूपमा सत्कार पाइनेछ । प्रेम र मित्रताको बन्धन पनि कसिने समय छ। परिवारजनको साथले उत्साह जगाउनेछ । अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ । व्यापार र पेसामा राम्रै फाइदा हुनेछ ।

मीन -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
साहसी काम गरेर अरूको मन जित्न सकिनेछ । प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन् । कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ । रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ ।

२०७७ पुस १९ गते, आइतवार,( ३ जनवरी २०२१) 
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

तपाईको आज (शनिबार) को राशिफल, हेर्नुहोस् क-कसलाई छ त शुभ ?

वि.सं.२०७७ पुस १९ आइतवार ०७:४५ मा प्रकाशित

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...