back
CTIZAN AD

अमेरिकाको म्याडिसन सहरमा शुभकामना साहित्यिक कार्यक्रम संपन्न

वि.सं.२०७७ पुस १८ शनिवार

759 

shares

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, एनआरएनए अमेरिकालगायतका संस्थाहरूका बिशिष्ट हस्तिहरू अनि फ्रान्स, बेलायत, क्यानाडा र बिशेषत: अमेरिकामा बस्ने नेपाली र नेपाली मूलका प्रख्यात ब्यक्तित्वहरूसँग हातेमालो गर्दै अमेरिकाको म्याडिसनमा बस्ने साहित्यिक मनहरूले जनवरी १ मा नयाँ बर्ष २०२१ भब्यरूपमा मनाए। साथै आपसमा परिचयको माला पहिऱ्याउँदै साहित्यिक रसपानमा रमाए।

जुम प्रविधिको प्रयोग गरि सन्चालित उक्त शुभकामना आदान प्रदान तथा साहित्यिक भेटघाट कार्यक्रमलाई साहित्यकार राजेन्द्र अर्याल, सन्तोष लामिछाने तथा पूर्ण श्रेष्ठले सन्चालन र समायोजन गर्नु भएको थियो।

सानी नानी एरिना उप्रेतिबाट गाष्ट्रिय गीत गाएर प्रारम्भ भएको सो कार्यक्रममा दिनार श्रेष्टले स्वागत मन्तब्य राख्नु भएको थियो। एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल साह, वरिष्ठ उपाध्यक्ष डा। अर्जुन बन्जाडेले मन्तब्य र उपाध्यक्ष सर्वज्ञ बाग्ले त्यस्तै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बोर्ड अफ ट्रष्टिका उपाध्यक्ष पदम बिश्वकर्मा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका बरिष्ठ उपाध्यक्ष गोवर्धन पुजालगायतले परिचयसहितको मन्तव्य राख्दै रचना पाठ गर्नु भएको थियो।

सो सभामा प्रख्यात रचना बाचक जोडी सरू तथा मुरारी गुरागाईँले कवि शिरोमणी लेखनाथ पौडेलको बार्षिकोत्सवको संझना स्वरूप तरुण तपसीको रचना बाचन गरी मन्त्रमुग्ध पार्नुभएको थियो।

बरिष्ठ साहित्यकारहरू हरि अधिकारी, गोबिन्द गिरी प्रेरणा, डा. गोविन्दसिह रावत (क्यानाडा), कृष्ण बजगाईं (बेलायत), हिरण्य भोजपुरे, हरिहर अर्याल(फ्रान्स)लगायत डा. दुर्गा दाहाल, तीर्थराज अधिकारी, गुणराज लुईटेल, भारती गौतम, परशुराम भण्डारी, डा. ऋषी बस्ताकोटी, महेश्वर पन्त, उर्मिला निर्दोषी, नम्रता गुरागाई, कृष्ण गिरी, प्रकाश पाण्डे, डा.रमेश खनाल, निजानन्द मल्ल र अर्जुनराज पन्तसमेतका अतिथि साहित्यकारहरूले रचना पाठ गरेका थिए ।

सो सभामा उपस्थित स्थानिय कवि तथा साहित्यकारहरूमा अविमन पसछेँ, आविष्कार आरती, दिनार श्रेष्ठ, धन श्रेष्ठ, सन्तोष लामिछाने, प्रकाश भट्ट, कल्पना ढकाल, पूर्ण श्रेष्ठ, डा. कृष्ण सिजापति, राधा सिजापति, अयोध्या बाटाजु, डा. यदु गुरागाईँ, राधिका गुरागाई , डा. बेङ्कटेश शर्मा, निकिता पाण्डे, अर्चना धाख्वा, आन्या पाण्डे र मित्र पौडेललगायत प्रायजसो सबैले रचना बाचन गर्नु भएको थियो। तीन घन्टासंम चलेको सो कार्यक्रमलाई नेपाली अमेरिकन मैत्री संघ, म्याडिसनका अध्यक्ष अविमन पसछेँले समापन गर्नु भएको थियो।

वि.सं.२०७७ पुस १८ शनिवार २१:४२ मा प्रकाशित

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...