back
CTIZAN AD

रूसविरुद्ध समर्थन जुटाउन युक्रेनी राष्ट्रपति जेलेन्स्कीको पेरिस भ्रमण 

वि.सं.२०८३ असार ३० मंगलवार

660 

shares
किएभ। यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की रूसविरुद्ध समर्थन जुटाउन पेरिसमा यूरोपेली नेताहरूसँग भेटवार्ता गर्नेभएका छन् ।
बैठकमा यूक्रेनको हवाई सुरक्षा र युद्धको आगामी रणनीतिबारे छलफल हुनेछ ।
यूक्रेनका राष्ट्रपति जेलेन्स्की सोमबार पेरिस पुगेका हुन् । पेरिसमा रहँदा उनले रूसको आक्रमणविरुद्ध यूक्रेनलाई सहयोग गरिरहेका करिब दुई दर्जन यूरोपेली नेताहरूसँग कुराकानी गर्नेछन् । यो युद्ध अहिले पाँचौं वर्षमा प्रवेश गरेको छ ।
यसैबीच युरोपेली देशका विदेश मन्त्रीहरूबीच पनि ब्रसेल्समा बैठक भइरहेको छ । यस बैठकमा यूक्रेनको आवश्यकता र रूसबाट युरोपलाई उत्पन्न भएको खतराबारे छलफल हुने अपेक्षा गरिएको छ ।
यूक्रेन र उसका युरोपेली समर्थकहरूले युद्ध समाप्त गर्न रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई वार्ताका लागि दबाब दिन चाहन्छन् । उनीहरूको बुझाइमा अमेरिकी ट्रम्प प्रशासनको एक वर्ष लामो शान्ति प्रयासका बावजुद मस्कोले कुनै समझदारीमा चासो देखाएको छैन ।
विश्लेषकहरू र पश्चिमी अधिकारीहरूका अनुसार हालका महिनाहरूमा ड्रोन प्रविधिमा यूक्रेनको प्रगतिले उसलाई फाइदा पु¥याएको छ। उनीहरूले यूक्रेनका आक्रमणहरूले मोर्चाको पछाडि रूसको आपूर्ति प्रणालीलाई क्षति पु¥याएको छ । यसले रूसी सेनाको अघि बढ्ने गतिलाई ढिलो बनाएको छ र उसलाई ठूलो मूल्य चुकाउनुपरेको छ ।
यूक्रेनी सेनाले विशेष गरी क्रिमियातर्फ जाने आपूर्तिलाई निशाना बनाएको छ। यसबाट ‘ब्ल्याक सी’ क्षेत्रमा इन्धनको ठूलो सङ्कट उत्पन्न भएको छ । रूसले सन् २०१४ मा क्रिमियालाई अवैध रूपमा आफ्नो कब्जामा लिएको थियो । यूक्रेनका यी आक्रमणहरूले क्रेमलिनको ‘रूसले युद्ध जित्दैछ’ भन्ने दाबीलाई पनि झट्का दिएको छ।
जेलेन्स्कीले युरोपेली देशहरूसँग मिलेर छिट्टै ब्यालिस्टिक मिसाइलबाट बच्ने हवाई सुरक्षा प्रणाली विकास गर्ने योजना अगाडि बढाउन चाहेका छन् । यो प्रणालीले यूक्रेनको विद्युत् संरचनामाथि रूसले गर्ने विनाशकारी आक्रमण रोक्न मद्दत गर्न सक्छ।
रातभर भएका आक्रमणपछि सोमबार जेलेन्स्कीले सामाजिक सञ्जालमा लेखेका छन्, “दुनिया हेर्दैछ, यूक्रेनलाई अझ धेरै हवाई सुरक्षा र जनजीवनको सुरक्षा चाहिन्छ।”
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता यूक्रेनलाई प्याट्रियट हवाई सुरक्षा प्रणाली बनाउने अनुमति दिने घोषणा गरेकोलाई किएभका लागि ठूलो सफलता मानिएको छ । तर, विज्ञ र यूक्रेनी अधिकारीहरूले चेतावनी दिएका छन् कि यो योजनालाई वास्तविक हतियारमा बदल्न धेरै वर्ष लाग्न सक्छ ।
पेरिसमा ‘इच्छुक देशहरूको गठबन्धन’ को बैठकमा यूक्रेनको समर्थन गर्ने ३० भन्दा बढी देशहरू सहभागी हुनेछन् । यसमा करिब २५ देशका राष्ट्रप्रमुख र सरकार प्रमुखहरू सहभागी छन् । यति ठूलो सङ्ख्यामा नेताहरूको उपस्थितिलाई यूक्रेनका लागि लामो समयसम्म समर्थन र रूसका लागि चेतावनीको रूपमा हेरिएको छ। रूसले युरोपको एकता र मजबुतीलाई निरन्तर चुनौती दिइरहेको छ ।
राष्ट्रपति जेलेन्स्की आफ्ना बलियो समर्थक अमेरिकी सिनेटर लिन्डसे ग्राहमको मृत्यु भएको एक दिनपछि नेताहरूसँग छलफलका लागि फ्रान्सको राजधानी पुगेका छन् ।
यो यात्रा यूक्रेन सरकारमा ठूलो परिवर्तन भइरहेको र प्रक्रिया अझै पूरा नभएको बेला भएको छ। यूक्रेनी प्रधानमन्त्री युलिया स्विरिडेन्कोले आइतबार पदबाट राजीनामा दिएकी छन् । (रासस/एएफपी)

वि.सं.२०८३ असार ३० मंगलवार ०७:१२ मा प्रकाशित

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...