back
CTIZAN AD

आदर्श कम्युनिष्टको रुपमा सोनाम बाँचिरहने

वि.सं.२०७७ पुस १८ शनिवार

1.2K 

shares

१८ पुष, काठमाडौँ । कम्युनिष्ट आन्दोलनमा निष्ठा र आदर्श हराइरहेको बेला एउटा उज्यालो बत्तिको अभाव महशुसका साथ आदर्श कम्युनिष्टको रुपमा सोनाम स्मरणमा आइरहने बताइएको छ ।

पुष्पलाल अध्ययन समाजद्धारा सोनाम साथि (शशि शेरचन) को स्मृतिमा आयोजित शोक सभामा बोल्दै पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का वरिष्ठ नेता झलनाथ खनाल लगायतका नेताले सो अनुभुति ब्यक्त गरेका हुन ।

कार्यक्रममा नेता खनालले सोनाम साथीको योगदान र सभ्यता सम्प्रेषण गर्न तथा उनलाइ अजर अमर राख्न आफू हरतरहले लागि पर्ने बताएका छन् । सोनामका क्याम्पस जीवन र राजनैतिक सहयात्राको स्मरण गर्दै उनले सोनामको द्वन्द्वात्मक भौतिकवाद प्रतिको अटुट विश्वास, सर्वहारावादी जीवन शैली र कम्युनिष्ट आचरणबारे सबैलाई सुुसूचित गराउन स्मृति ग्रन्थ प्रकाशनको प्रस्ताव राखेका छन् । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका पक्षमा सँधै सक्रिय सोनामको राजनैतिक जीवन अनुकरणीय भएको समेत खनालले बताएका थिए ।

कार्यक्रमका अर्का वक्ता नेकपा.(क्रान्तिकारी माओवादी) का वरिष्ठ नेता चन्द्रप्रसाद गजुरेल (सिपी गजुरेल) ले सोनाम सदैव कम्युनिष्ट एकताको पक्षधर रहेको तथा क्रान्तिकारी विचार र व्यवहारका संवाहक रहेको बताएका थिए । जनयुद्धका बेला समेतको स्मरण सुनाउदै पछिल्ला दिनमा सोनामले डबल नेकपा छोडेर स्वतन्त्र रुपमा दर्जनौ अभियान चलाएको र सोनाम सबैको आदर्श व्यक्तित्व भएको बताएका थिए ।

कार्यक्रममा अतिथि वक्ता रहेका नेपाली काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक समेत रहेका वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले कहिल्यै रीसाएर नबोल्ने शालिन व्यक्तित्व, सरलताका उदाहरण, सहि कम्युनिष्टका बिम्ब, विचार र सिद्धान्तलाई व्यवहारमा जोड्ने उत्प्रेरक तथा सत्ताका पछि दौडेर शक्तिको खेती नगरीकन बाँच्ने आदर्श व्यक्तित्वका रुपमा सोनामको पहिचान गराएका थिए ।

कार्यक्रमका अर्का वक्ता नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ उपाध्यक्ष लोकनारायण सुवदीले सबैका साथी सोनाम क्रान्तिका हुटहुटी हुनुहुन्थ्यो भन्दै सोनाम एक असल कम्युनिष्ट रहेको, क्रान्तिलाई बचाउने चिन्तामा व्यस्त रहेको, माक्र्सवादी दर्शनको गहिराइमा डुबेर विचार, सिद्धान्त र व्यवहारको उदाहरण देखाएको, औपचारिकता र पाखण्डपन नराख्ने सफा हृदय भएको तथा आदर्शलाई व्यवहारमा उतार्ने व्यक्तित्व भएको धारणा राखेका थिए । सोनामको निधनले निकै चोट पु¥याएको पीडा सुवेदीले भावुक हुँदै राखेका थिए ।

सो कार्यक्रमका अर्का वक्ता नेकपा मसालका प्रवक्ता रामप्रकाश पुरीले आँखामा राखे पनि नबिझाउने मात्र होइन भन्दै दुखेको आँखाको औषधीका रुपमा सोनामलाई स्मरण गरेका थिए । सोनामका सपना धेरै रहेको व्याख्या गर्दै पुरीले त्यसलाई पुरा गर्न सबै लागि पर्नुपर्ने बताएका थिए । कार्यक्रममा नेकपा मालेका महेन्द्र शाहले सोनाम कम्युनष्टि आन्दोलनको उदाहरणका रुपमा स्मरणमा आइरहने व्यक्तित्व भएको बताएका थिए ।

कार्यक्रमका अर्का वक्ता वरिष्ठ अधिवक्ता एकराज भण्डारीले श्राद्धमा पुजारीले पराललाई पनि कुश बनाएर चलाएजस्तै राज्य चल्न खोजेको भन्दै सोनाम साथीको क्रान्तिकारी सादगीताको झन बढी स्मरण भएको बताएका थिए । सोनाम साथीको साथित्व स्मरण गर्दै बोलेका योजना आयोगका पुर्व उपाध्यक्ष दिपेन्द्र बहादुर क्षेत्रीले मानवसमाजमै ठूलो गुन लगाएका सोनाम साथी शोषण र उत्पीडनका विरुद्ध अन्तिमसम्म लडिरहेको र सकेसम्म सम्प्रेषण गर्ने प्रयासमा रहेको बताएका थिए । उनले पुराना घटना स्मरण गर्दै हरेक निमेषमा उन्मुक्ति चाहाने महान अभियन्ताका रुपमा सोनामको स्मरण गरेका थिए । निकट परीवारजन र आफन्तका तर्फबाट आमन्त्रित वक्ता प्रान्ति शेरचनले सोनामको पारिवारीक पृष्ठभूमि, सर्वहारावादी आचरण र निष्ठाका बारेमा पुराना घटनाक्रमहरु उल्लेख गरेका थिए ।

सभापतित्व र समापनका क्रममा बोल्दै समाजका अध्यक्ष लोककृष्ण भट्टराईले पुष्पलाल, निर्मल लामा, बलराम उपाध्याय र सोनाम साथीहरुलाई सम्झने सो समाज राम्रा र असल सोनामको योगदान संस्थागत गर्न प्रतिबद्ध रहेको बताएका थिए । कार्यक्रममा समाजका उपाध्यक्ष वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्कीले एमसीसी र नागरिकता विधेयक जस्ता राष्ट्रियताको मुद्धामा सोनामको अगुवाईको चर्चा गर्दै निष्ठावान राजनीतिज्ञको खडेरीले चिन्ता थपिएको बताएका थिए ।

विभिन्न राजनैतिक दलका केन्द्रीय सदस्यहरु र विभिन्न जिम्मेवारीका राजनैतिक कार्यकर्ता, प्रगतिशिल अभियानहरुमा आबद्ध अभियन्ताहरु तथा रामबहादुर भण्डारी, मोहनबहादुर केसी, मातृका पोखरेल, शंकर दुलाल, सरिता महर्जन लगायतका सोनामका पचासौँ निकट साथीहरुको उपस्थितिमा सम्पन्न सो कार्यक्रममा समाजका सचिव तथा कार्यक्रम संचालक नीलकण्ठ तिवारीले लिपुलेकको नक्सा जनस्तरबाट सार्वजनिक गराउन, प्राङ्गारिक र व्यवसायिक उत्पादनलाई अघि बढाउन तथा समाजका दर्जनौँ सचेतना अभियानलाई अघि बढाउन सोनामले खेलेको भूमिका गहिरो छाप भएर बसेको बताएका थिए । सो कार्यक्रमको संयोजन सो समाजका उपमहासचिव मुकुन्द आचार्यले गरेका थिए ।

वि.सं.२०७७ पुस १८ शनिवार २१:२८ मा प्रकाशित

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार...

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...