२० पुष, काठमाडौँ । सन्दिप लामिछाने आवद्ध टिम होबार्ट हुरिकेन्सले टस जितेर मेलबर्न स्टार्स विरुद्धको खेलमा पहिले बलिङ्ग गर्ने भएको छ ।
मेलबर्न स्टार्सका लागि एडम जाम्पा, निक लार्कीन र शब गोअ्ट टिममा फर्केका छन भने होबार्ट हुरिकेन्सले प्लेइङ्ग-११ मा कुनै पनि परिवर्तन गरेको छैन ।
यदी आजको खेलमा पनि होबार्ट विजयी भएमा अकं तालिकाको शिर्ष स्थानमा पुग्ने छ ।
मेलबर्नको सम्भावित प्लेइङ्ग-११
आन्द्रे फ्लेचर, मार्कस स्टोइनिस, निक लार्कीन, हिल्टन कार्टराइट, ग्लेन म्याक्सवेल, शब गोअ्ट, निकोलस पूरन, साम रेनबर्ड, लियाम हैचर, बिली स्टानलेक, एडम जम्पा।
होबार्टको सम्भावित प्लेइङ्ग-११
डार्सी शर्ट, बने म्याकडर्मोट, डविड मलान, कोलिन इंग्राम, नेथन एलिस, पिटर ह्यान्डसकोम्ब, टिम डेविड, स्कट बोल्यान्ड, रिले मेरिडिथ, सन्दिप लामिछाने, जोहान बोथ ।
वि.सं.२०७७ पुस २० सोमवार १०:२५ मा प्रकाशित


























