back
CTIZAN AD

बादलसँग तस्वीर खिच्न हाँडीकोट

वि.सं.२०७७ पुस २० सोमवार

750 

shares

२० पुष, काठमाडौँ । समुद्री सतहदेखि दुई हजार १९५ मिटर उचाइमा रहेको हाँडीकोट । यहाँबाट नाङ्गो आँखाले दर्जनौँ हिमशृङ्खला देख्न सकिन्छ । मुटु छुने चिसो १ लुगलुग कमाउने सिरेटो हाँडीकोटमा चलिरहन्छ ।

वर्षाको समयमा जुकाको समस्या, हुस्सु र कुहिरोले ढाकिने भए पनि हिउँदमा हिउँले घुम्टो नहालुञ्जेल हाँडीकोट पर्यटक पर्खिरहेको हुन्छ । प्रचारप्रसारको अभावकै कारण प्रकृतिको अनुपम उपहार भएर पनि हाँडीकोटले गाईबाख्रा हेर्ने गोठाला मात्रै भेटेर वर्षौं बितायो । बाइसे चौबिसे राजाका पालामा रहेको दरबार उठेपछि उराठलाग्दो भएको हाँडीकोटले पछिल्लो समय न्याय पाउन थालेको छ । जैमिनी नगरपालिकाका तीन वडाको सङ्गममा रहेको टापुबाट देखिने केही दृश्य साँच्चिकै अद्भूत लाग्दछन् । आजकल हाँडीकोट पुग्नेको भीडनै लाग्न थालेको जैमिनी–१० राङ्खानीका स्थानीयवासी मित्र थापाले बताए ।

जैमिनीको राङखानी, वडा नं ७ जैदी र वडा नं ८ छिस्तीको सङ्गमस्थल हाँडीकोट टापु साँच्चिकै सुन्दर छ । त्यहाँ पुगेर ‘आहा १ हाँडीकोट टापु’ नभनी सुखै छैन । समथर जमिन, राजदरबारका भग्नावशेष, मन्दिर र शिला सुसज्जित हाँडीकोटमा पुगेर पहाड खोँचमा मडारिएको बालदसँग तस्वीर खिचाउने आजभोलि दिनदिनै हाँडीकोट पुग्छन् । “एक पटक हाँडीकोटको सुन्दरतासँग तस्वीर खिचाउन त्यहाँ पुगेँ”, पर्वतको फलेवासबाट हाँडीकोट पुग्नुभएका हिटलर थापा भन्छन्, “छेउछाउमा धेरै घुमियो, मुख्य ठाउँमा बल्ल पुगियो ।”

हिउँदे वर्षा भएको भए यतिबेला हाँडीकोट टापु हिउँले पुरिएको हुन्थ्यो । यो वर्ष हिउँदे वर्षा नभएकाले आन्तरिक पर्यटकको रोजाइमा हाँडीकोट परेको जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेल बताउँछन् । वनभोज खान, भेला, गोष्ठी र सेमिनारका लागि हाँडीकोट पुग्नेसमेत बढेका छन् । हाँडीकोट टापुको चर्चा सुनेका बिदा मनाउनसमेत त्यहाँ पुग्ने गरेका छन् । कोरोना महामारीले विस्तारै तङ्ग्रिँदै गरेका विद्यालय अवलोकन भ्रमण र वनभोजका लागि विद्यार्थी लिएर हाँडीकोट पुग्ने गरेको स्थानीयवासी बताउँछन् ।

पर्यटकको आवागमन बढ्दै जान थालेपछि राङ्खानीका तिलक क्षेत्री यतिबेला कतारको काम छोडेर हाँडीकोट पुग्नेलाई खाजाको प्रबन्ध गर्न थालेका छन् । कमाइ र सेवा दुवै हुने भएपछि टापु नजिकै होटल सञ्चालनमा ल्याएका उनले सेवा दिन थालेको हुन् । क्षेत्रीले आफ्नै ठाउँ विहारथलामा परम्परागतरूपमा सञ्चालन हुँदै आएको होटललाई स्तरवृद्धि गरी ‘हाँडीकोट टापु रेष्टुराँ एण्ड लज’को रूपमा विकास गरेका छन् ।

हाँडीकोट पुग्ने पर्यटकले स्थानीय कोदोको ढिँडो, स्थानीय कुखुरा र खसीको मासु खोज्ने गरेका छन् । जैमिनी नगरपालिकाले बनाएको पदमार्ग र कच्ची सडकले पनि हाँडीकोटमा पर्यटक पुर्याउन सघाएको छ । (रासस)

वि.सं.२०७७ पुस २० सोमवार १०:३३ मा प्रकाशित

आचार्यको तरबुजाखेती अरुका लागि प्रेरणा

आचार्यको तरबुजाखेती अरुका लागि प्रेरणा

गण्डकी । बर्सेनि उब्जाउयोग्य जमिन बाझिँदै गरेका अवस्थामा कास्कीको पोखरा...

विजयपुर खोला किनारमा तरबुजाखेती, भनेजस्तै आम्दानी

विजयपुर खोला किनारमा तरबुजाखेती, भनेजस्तै आम्दानी

गण्डकी । पोखरा महानगरपालिका–१३ बगरकोट कसेरीस्थित विजयपुर खोलाको किनारमा गत...

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक...

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको अन्नपूर्ण...

बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै

बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै

दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–४ मा स्काइपिक एड्भेन्चर पार्क लिमिटेडले...