२० पुष, काठमाडौँ । न्यूजिल्याण्ड र पाकिस्तान बिचको दोस्रो टेस्ट ओवलमा चलिरहेको छ । टस हारेर पहिले ब्याटिङ्ग गरेको पाकिस्तानले आफ्नो पहिलो इनिङ्गसमा ८३.५ ओभरमा २९७ रन बनाएर अल आउट भएको थियो । पाकिस्तानका लागि ब्याटिङ्गमा सर्वाधिक ९३ रन बनाएका थिए भने न्यूजिल्याण्डका लागि बलिङ्गमा काइल जेमिसनले सर्वाधिक ६ विकेट हात पारेका थिए ।
पाकिस्तान टिम अलआउट भएपछि ब्याटिङ्ग गर्न आएको न्यूजिल्याण्डढले ७८ ओभरमा ३ विकेट गुमाएर २७५ रन बनाएको छ । न्यूजिल्याण्डका लागि कप्तान केन विलियमसनले सतक बनाएका छन भने हेनरी निकोल्सले अर्धसतक बनाएका छन ।
कप्तान केन विलियमसनको पाकिस्तान विरुद्ध यो लगातार दोस्रो सतक हो । उनले पहिलो टेस्टमा पनि पाकिस्तान विरुद्ध सतक जडेका थिए । न्यूजिल्याण्डका लागि अहिले कप्तान केन विलियमसन १६० बल खेल्दैँ १११ रनमा ब्याटिङ्ग गरिरहेका छन भने हेनरी निकोल्स १६४ बल खेल्दैँ ८३ रनमा ब्याटिङ्ग गरिरहेका छन ।
न्यूजिल्याण्ड अहिले १९ रनले पछि रहेको छ ।
वि.सं.२०७७ पुस २० सोमवार १०:५३ मा प्रकाशित


























