२० पुस, काठमाडौं । रोनाल्डोको २ गोल मद्दतमा युभेन्टसले नयाँ वर्ष २०२१ काे सुरुवात जीत सहित गरेको छ । युभेन्टसले उडिनासलाई ४- १ ले पराजित गर्दै अंक तालिकाको ५ औँ स्थानमा उक्लीएको छ ।
युभेन्टसको जीतमा रोनाल्डोले दुई गोल गरे उनले खेलको ३१ र ७० औँ मिनेटमा गोल गरे ।१२ गोल सहित रोनाल्डोले यो सिजन सिरी एमा सबैभन्दा बढी गोल गर्नेको शीर्ष स्थानमा रहेका छन् । पहिलो हाफमा १ गोलले अगाडी रहेको युभेन्टसले दोस्रो हाफमा तीन गोल गरेको हाे।
दोस्रो हाफको ४९ औँ मिनेटमा केइसाले गोल गरेभने दोस्रो हाफको इन्जुरी समयमा पाउलो डेबालाले गोल गरे । उडिनेसका लागिभने खेलको ९० औँ मिनेटमा जेगलारले गोल गरेका थिए ।
जित पछि युभेन्टसको १४ खेलबाट २७ अंक सहित पाँचौ स्थानमा रहेको छ । अंक तालिकाको शीर्ष स्थानमा रहेको एसी मिलानकोभने १५ खेलबाट ३७ अंक रहेको छ।
वि.सं.२०७७ पुस २० सोमवार ११:११ मा प्रकाशित


























