back
CTIZAN AD

एनआरएनएले सुरु गर्यो सुदूरपश्चिम प्रदेशका लागि मोबाइल ब्लड बैंक अभियान

वि.सं.२०७७ पुस २० सोमवार

762 

shares

२० पुस, काठमाडौं । गैरआवासीय नेपाली संघको मानव कल्याणकारी योजना अन्तर्गत दोश्रो मोबाइल ब्लड बैंक परियोजनाका लागि आर्थिक संकलन अभियान नयाँबर्ष २०२१ को प्रारम्भ सङ्गै शुरुवात गरेको छ ।

सुबिधा सम्पन्न उपकरण सहितको यो बसबाट लामो दूरीका रक्त संकलन स्थलमा गएर बसभित्रै रक्तदान गर्ने, संचय गर्ने र सुरक्षित रुपमा ब्लड बैंकसम्म ल्याउन सक्ने सुबिधा सहितको छ । यसअघि यस्तै बस एनआरएनएले चितवन रेडक्रसलाई उपलब्ध गराई सकेको छ ।

उक्त बसका लागि अर्थ संकलन अभियानको नयाँबर्ष २०२१ को प्रारम्भमा शुभकामना सहित शुरु गरिएको छ । यो अभियानमा संसारभर रहेका एनआरएनएका राष्ट्रिय समितिहरु,सुदूरपश्चिम समाजहरु,एनआरएनए अभियन्ताहरु, प्रवासमा रहेका सुदुरपश्चिमेलीहरु, नेपाल र प्रवासमा रहेका सामाजिक सस्थाहरु, समाजसेवीहरु तथा ह्युमानिटी फाउन्डेसन धनगढी, टिकापुर सरोकार समूह, धनगढी उपमहानगरपालिका र नेपाल रेडक्रस सोसाइटी कैलालीको समेत सहभागिता रहनेछ ।

आउने चार महिनाभित्र यो बस सुदुरपश्चिम प्रदेशभर सेवा पुर्याउने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी कैलालीलाई हस्तान्तरण गर्ने लक्ष्य लिइएको छ ।

मोबाइल बसका लागि हालसम्म टिकापुरबाट डा. खकिन्द्र भण्डारीले १० हजार, अमेरिकाबाट रत्तदाता अर्जुन प्रसाद मैनालीले २५ हजार, ह्युमानिटी फाउन्डेशन धनगढीबाट १ लाख ११ हजार १११ रुपैयाँ, अमेरिकाबाट गौरी जोशीबाट १ लाख, अफ्रिकाबाट रोशन थापाले १ लाख, एनआरएनए बिटिएस समितीबाट १ लाख, अमेरिकाको न्युर्योकबाट जंङ्ग बमबाट ५० हजार, टिकापुर हाल अमेरिकाबाटै हेम बहादुर ठकुल्लाले ११ हजार १११ गरी हालसम्म ५ लाख ७ हजार २२२ रुपैयाँ प्रतिबद्धता आएको बताइएको छ ।

 

वि.सं.२०७७ पुस २० सोमवार ११:५३ मा प्रकाशित

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

वीरगञ्ज (पर्सा) । पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा...

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

म्याग्दी । म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकामा यसवर्ष पनि शून्य...

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

काठमाडौँ । बजारको मागअनुसार सूचना प्रविधि क्षेत्रको जनशक्ति उत्पादन गर्न...

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विनियोजन...

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

काठमाडौँ । सांसद गोमादेवी तिमिल्सिनाले पछिल्लो समय हत्या, हिंसा, लुटपाट,...