back
CTIZAN AD

के छ प्रधानमन्त्री ओली र राष्ट्रपति कार्यालयले सर्वोच्चलाई दिएको जवाफमा ?

वि.सं.२०७७ पुस २० सोमवार

846 

shares

पुस २०, काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्वको मुद्दामा सर्वोच्च अदालतले माग गरेअनुसार प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति कार्यालयले आइतबार सर्वोच्चलाई लिखित जवाफ पेश गरेका छन् ।

जहाँ प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको मुद्दा राजनीतिक भएको भन्दै अदालतले हेर्न नमिल्ने जिकिर गरेका छन् । प्रधानमन्त्रीले जस्तै राष्ट्रपति कार्यालयले पनि संसद विघटनको निर्णय संवैधानिक भएको जवाफ दिएको छ । राष्ट्रपतिले कार्यालयले संसद विघटनको निर्णयविरुद्वको रिटलाई खारेज गर्नसमेत माग गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरेकी थिइन् । उनले संसद विघटनसँगै आगामी वैशाख १७ र २७ मा निर्वाचनको मिति पनि घोषणा गरेकी थिइन् ।

जुन निर्णयविरुद्व सर्वोच्च अदालतमा एक दर्जन बढि रिट दायर भएका छन् । जुन रिटमाथि सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाई चलिरहेको छ । संवैधानिक इजलासले गत पुस १० मा विघटन गर्नुको कारण पेश गर्न प्रधानमन्त्री र राष्ट्रपति कार्यालयले ९ दिनको समयसीमा दिएको थियो । जसको अन्तिम दिन दुवै पक्षबाट लिखित जवाफ पेश भएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको इजलासले संसद विघटनविरुद्व परेका रिटमाथि बहस गरिरहेको छ ।

यस्तो छ प्रधानमन्त्री ओली र राष्ट्रपति कार्यालयले सर्वोच्च अदालतलाई दिएको जवाफ

वि.सं.२०७७ पुस २० सोमवार १२:५५ मा प्रकाशित

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

वीरगञ्ज (पर्सा) । पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा...

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

म्याग्दी । म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकामा यसवर्ष पनि शून्य...

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड...

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

काठमाडौँ । बजारको मागअनुसार सूचना प्रविधि क्षेत्रको जनशक्ति उत्पादन गर्न...

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विनियोजन...