back
CTIZAN AD

सवारी दुर्घटना न्यूनीकरणका लागि रबर कोन हस्तान्तरण

वि.सं.२०७७ पुस २० सोमवार

756 

shares

२० पौष, ललितपुर । ललितपुर महानगरपालिकाले सवारी दुर्घटना न्यूनीकरणका लागि टा«फिक प्रहरी महाशाखालाई रबर कोन हस्तान्तरण गरेको छ । महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आज महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईलाई २०० थान रबर कोन, एक सय थान डण्डी र ३० थान ह्वील लक हस्तान्तरण गरे् ।

बढ्दो दुर्घटना घटाउन धोबीघाट, एकान्तकुना, जावलाखेल, कुसुन्तीलगायतका क्षेत्रमा आजैदेखि ती सामग्री व्यवस्थितरुपमा राखिने महर्जनले बताए। उनले भने, “यस्ता घटना न्यूनीकरण गर्ने जिम्मा महानगरपालिकाको रहेको हुँदा विद्यालय तहका बालबालिकालाई ट्राफिक नियमबारे अध्ययन तथा अध्यापनसमेत गराउने भएका छौँ, आगामी माघ महिनाभित्रमा ललितपुरको मुटु मानिने लगनखेल बजार क्षेत्र सुधार गर्ने भएका छौ ।”

यसैगरी महानगरपालिकाले शहरको सौन्दर्य वृद्धि गराउन छरिएर रहेका तारलाई मुठा पार्ने, २४सै घण्टा ट्राफिक जाम नियन्त्रण गर्न नगर प्रहरीलाई बस्ने ठाउँको व्यवस्थापन गरिदिने र महानगरपालिकाको चक्रपथ क्षेत्रमा पर्ने ७।९ किलोमिटर सडकमा हुने दुर्घटना हटाउन सडक बत्तीलगायतका आवश्यक वस्तुको व्यवस्थापनसमेत गर्ने महर्जनले जानकारी गराए ।

उपरीक्षक भट्टराईले भीडभाड बढी हुने स्थानमा महानगरपालिकाका नगर प्रहरीलाई तदारुकताका साथ गर्न आग्रह गरे । उनले भने, “सानेपा क्षेत्रमा हुने दुर्घटना हटाउन आफूहरुले सडक बत्ती जडानको काम गरिरहेका छौ भने बी एण्ड बी आसपासका क्षेत्रमा सडक बत्ती जडान गर्न समन्वय भइरहेको छ ।” महानगरपालिकाले आफूहरुलाई गरेको सहयोगको मूल्याङ्कन गर्दै त्यसले प्रतिफल दिने गरी काम गरिने प्रतिबद्धता उनले व्यक्त गरे् ।

सामान खरिदमा महानगरपालिकाले करिब रु पाँच लाख खर्चिएको जिन्सी शाखाले जनाएको छ । महानगरपालिकाले हिजोदेखि आफ्ना नगर प्रहरीलाई ट्राफिक व्यवस्थापनसम्बन्धी ज्ञान दिलाउने उद्देश्यका साथ १५ दिने तालीम शुरु गरेको छ । सो तालीममा एक साता ‘इनडोर’ र अर्को एक साता ‘आउटडोर’ बारेमा जानकारी प्रदान गरिने बताइएको छ । रासस

वि.सं.२०७७ पुस २० सोमवार १५:४४ मा प्रकाशित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

काठमाडौँ । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्ड...

‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’

‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’

देउखुरी (दाङ) । घोराही उपमहानगरपालिका–१७ कर्जाहीमा छ वर्ष अघिसम्म जलाशय...

घूस लिएको अभियोगमा मुद्दा दायर

घूस लिएको अभियोगमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा रुपन्देहीमा...

राष्ट्रियसभाः शून्य समयमा समसामयिक विषयमा ध्यानाकर्षण

राष्ट्रियसभाः शून्य समयमा समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण...

प्रतिनिधिसभा नियमावलीको मस्यौदामाथि सैद्धान्तिक छलफल

प्रतिनिधिसभा नियमावलीको मस्यौदामाथि सैद्धान्तिक छलफल

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभाको नियमावली मस्यौदा समितिको प्रतिवेदन,...