back
CTIZAN AD

टेस्लाद्वारा २०२० मा करिब पाँच लाख विद्युतीय कारको बिक्री

वि.सं.२०७७ पुस २० सोमवार

660 

shares

२० पुष, वासिङ्टन । अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सन् २०२० मा ठूलो संख्यामा विद्युतीय कार बिक्री गरेको छ । कम्पनीले सन् २०२० मा करिब ५ लाख कार बिक्री गर्ने लक्ष्य राखेको थियो ।

टेस्लाका अनुसार बर्षभरिमा ४ लाख ९९ हजार ५५० थान कार बिक्री भएको छ । कम्पनीले ५ लाख ९ हजार ७३७ थान कार उत्पादन गरेको थियो ।

टेस्लाका प्रमुख इलोन मस्कले कम्पनीका लागि यो निकै महत्वपूर्ण कोशेढुंगा भन्दै सन्तोष व्यक्त गरेका छन् । मस्कले ट्वीट गर्दै आफ्ना विद्युतीय कारले बजारमा १० प्रतिशत मात्र सफलता प्राप्त हुने आँकलन गरे पनि ग्राहकले आफ्ना कारलाई अत्यधिक रुचाएको बताएका छन् ।

टेस्लाका मोडेल ३ र मोडेल वाईको बिक्री झण्डै ८६ प्रतिशत रहेको कम्पनीले जनाएको छ । टेस्लाले अत्यन्त आरामदायी मोडेल एस सेडान र मोडेल एक्स एसयुभी पनि उत्पादन गरिरहेको छ ।

कम्पनीले चीनको साङ्घाई प्लान्टबाट मोडेल वाईको उत्पादन शुरु भएको जनाएको छ ।

विश्वकै दोस्रो सर्वाधिक धनी व्यक्ति मस्कले कारका लागि अति आवश्यक ब्याट्रीमा अझ सुधार ल्याउन प्रयत्न भइरहेको बताएका छन् । उनले आम सर्वसाधारणलाई विद्युतीय कारहरु बिक्री गर्न चाहेको बताएका छन् । तीन वर्षभित्रै टेस्लाका कारहरुको मूल्य २५ हजार डलरको आसपासमा ल्याउने टेस्लाको योजना छ ।

विद्युतीय कार उत्पादन र बजार हिस्साका दृष्टिमा टेस्लाको उपस्थिति अन्य कार उत्पादकहरु जनरल मोटर्स, फोर्ड, टोयोटा, होन्डा, फिएट क्रिस्लर र भक्सवागनको भन्दा बढी रहेको छ ।
रमसस

वि.सं.२०७७ पुस २० सोमवार १५:३६ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...